टी-२० क्रिकेटमा गेलको १ हजार छक्का

Share this
705shares

१५ कात्तिक,एजेन्सी ।

Advertisement

‘युनिभर्स बोस’ को उपाधि पाएका वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले टि २० क्रिकेटमा एक हजार छक्का हान्ने एक मात्र खेलाडी बनेका छन्।

जारी आइपिएलको ५० औं खेलमा राजस्थान रोयल्सविरुद्ध किंग्स इलेभन पन्जाबका गेलले ८ छक्का प्रहार गरेका गर्दै याे रेकर्ड बनाएका हुन् । राजस्थानविरुद्ध क्रिस गेल ६३ बलमा ६ चौका र ८ छक्का सहित ९९ रनमा बोल्ड आउट भए ।

Advertisement

टि २० क्रिकेटमा १ हजार छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका उनले ४ सय ९ खेलबाट यो दुर्लभ कीर्तिमान बनाएका हुन्। ४१ वर्षीय गेलले सन २००६ मा न्युजिल्यान्डविरुद्ध टि २० मा डेब्यु गरेका थिए।

टि २० मा सर्वाधिक छक्का प्रहार गर्ने दोस्रो स्थानमा वेस्टइन्डिजका काइरन पोलार्ड छन् । पोलार्डले ५ सय २४ खेलमा ६ सय ९० छक्का प्रहार गरेका छन् ।

Advertisement

तेस्रो स्थानमा न्युजिल्यान्डका पूर्व कप्तान ब्रेन्डन म्याकुलम छन् । म्याकुलमले ३ सय ७० खेलमा ४ सय ८५ छक्का प्रहार गरेका छन् । शेन वाटसनले ४ सय ६७, आन्द्रे रसेलले ४ सय ४७ र एबी डिभिलियर्सले ४ सय १७ छक्का प्रहार गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top