विराटनगर, चैत २०
नेपाल टेलिकम वर्कर्स युनियनको दशौं केन्द्रीय महाधिवेशन विराटनगरमा हुने भएको छ । नेपाल टेलिकम वर्कर्स युनियनको दशौं केन्द्रीय महाधिवेशन बिहीबारदेखि विराटनगरमा सुरु हुने बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
महाधिवेशनमा ७७ वटै जिल्लाका ४ सय ४४ जना केन्द्रीय प्रतिनिधि, २ सय ५० पर्यवेक्षक रहने कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने अध्यक्ष राजेन्द्रप्रसाद दाहालले जानकारी दिए । यस्तै उपसभापति विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु आउने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकम वर्कर्स युनियनका केन्द्रीय अध्यक्ष दाहालले वर्तमान सरकारले विभिन्न वहानामा श्रमिकका अधिकारलाई संकुचन गर्न खोजेको आरोप लगाए । कार्यक्रममा नेपाल टेलिकम वर्कर्स युनियनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।