मोरङ, असार २७
मोरङको रतुवामाई नगरपालिका ५ मा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ।
को.२ त. ८११५ नम्बरको ट्याक्टरले किचेर रतुवामाई नगरपालिका ५ बस्ने ४ वर्षीय बादल माझीको मंगलबार बिहान मृत्यु भएको हो।
बाबु मनोज माझीले खेत जोत्नका लागी ट्याक्टर लैजानेक्रममा सोही ट्याक्टरमा बसेका बादल अचानक तल खसेको र पछाडीको चक्काले उनलाई किच्दा बालकको घटनास्थलमै मृत्यु भएको थियो।
घटना पश्चात बाबु फरार भएकाले प्रहरीबाट उनको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ ।