ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनद्वारा पारित

२९ पौष, एजेन्सी । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव पारित गरेको छ । २५ औं संशोधनमार्फत् ट्रम्पलाई हटाउन लागिएको हो ।

यसअघि उपराष्ट्रपति माइक पेन्सले २५ औं संशोधनतमार्फत् ट्रम्पलाई हटाउने कुनै योजना नरहेको बताएका थिए । यससँगै तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ट्रम्पलाई उपराष्ट्रपतिले नहटाए महाभियोग लगाएर हटाउने बताएकी थिइन् । यससँगै तल्लो संसद्मा ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोगको प्रस्ताव पेश गरिएको थियो ।

ट्रम्पलाई महाभियोग लगाउने प्रस्तावबारे तीव्र गतिमा काम भइरहेको समयमा तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई हटाउने प्रस्ताव पारित गरेको हो । बुधबार तल्लो सदनमा राष्ट्रपतिमाथि महाभियोगबारे पनि मतदान हुनेछ । गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक प्रदर्शनको लागि मानिसहरुलाई भड्काएको आरोपमा उनीमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।

Advertisement

यसअघि डेमोक्रेटिक पार्टीका नेताहरुले उपराष्ट्रपति माइक पेन्सलाई २५ औं संशोधनअनुसार आफ्नो अधिकार प्रयोग गरी ट्रम्पलाई पदबाट हटाउन आग्रह गरेका थिए । अमेरिकाको तल्लो सदनमा ट्रम्पलाई हटाउँदै उपराष्ट्रपति पेन्सलाई सक्रिय बनाउने विषयमा मतदान हुनुभन्दा केही समयअघि पेन्सले तल्लो सदनलाई पत्र पठाउँदै यो योजनामा आफू सहमत नरहेको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

सम्बन्धित समाचार

Scroll to Top