डाक्टर फौची भन्छन्, ‘ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना संक्रमण निश्चितरुपमा फैलिन्छ’

१२ कात्तिक ७७, बिहीबार

१३ कार्तिक, एजेन्सी ।
अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रचार अभियानमा स्वास्थ्य मापदण्ड नअपनाइएको भन्दै आलोचना गरेका छन् ।

बीबीसीसँगको अन्तर्वार्तामा डाक्टर फौचीले ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना संक्रमण फैलिने निश्चित भएको बताएका हुन् । मास्कबिनै र भौतिक दूरी कायम नगरी मानिसहरुको भीड जम्मा गर्नु सम्भावित सुपरस्प्रेडिङको आयोजना भएको फौचीले बताएका छन् ।

उनले ह्वाइट हाउसमा आयोजित एक सभापछि ट्रम्प प्रशासनका कैयौं कर्मचारीलाई कोरोना संक्रमण भएको उदाहरण दिँदै स्वास्थ्य मापदण्डबिना चुनावी र्‍याली गर्नु संक्रमण फैलाउनु भएको बताए ।

Advertisement

डाक्टर फौचीले अमेरिकाभर लकडाउन गरेको भए कोरोना संक्रमण रोकथाममा सहयोग पुग्न सक्ने सम्भावना रहेको पनि बताए । आर्थिक रुपमा घाटा भए पनि अस्ट्रेलियाको मेलबर्नमा गरिएको लकडाउन प्रभावकारी देखिएको पनि उनले उदाहरण प्रस्तुत गरे ।

कोरोना संक्रमणबाट नराम्ररी प्रभावित अस्ट्रेलियाको मेलबर्न सहरमा कोरोनाका नयाँ केस आउन बन्द नहुन्जेलसम्मका लागि पूर्ण रुपमा लकडाउन गरिएको थियो । जुन प्रभावकारी पनि देखिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top