डा. केसीका विषयमा प्रधानमन्त्रीको जवाफः ‘सम्झौता पारित गर्न दबाब दिन सक्दिन’

काठमाडौं, माघ ४
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीसँग सवाल–जवाफ चलिरहेको छ । बैठकमा कांग्रेस सांसद गगन थापाले प्राध्यापक डा. गोविन्द केसीका विषयमा सवाल गरेका छन् ।

‘डा. केसीसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक प्रधानमन्त्रीले चाहेमा अघि बढ्छ । प्रधानमन्त्रीप्रतिको विश्वासलाई ढल्न दिने वा कार्यान्वयन गर्ने ?’ थापाले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

यसको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले संसदको आदेश आफूले मान्ने तर आदेश दिन नसक्ने बताए । डा. केसीको अनशन सिलसिला चलिरहेको छ । संसद जनप्रतिनिधिहरुको थलो भएका कारण यसको पनि सर्वोच्चता छ ।

Advertisement

जसले कानुनलाई संशोधन गर्न, नयाँ बनाउन सक्छ । त्यसैले संसदको सर्वोच्चताप्रति म नतमस्तक छु’, प्रधानमन्त्रीले भने, ‘१६ औँ पटक अनशन जारी छ । १५औं अनशनमा भएको सम्झौताको चर्चा छ । एकजना अनशन बसेपछि संविधान, कानुन, आवश्यकता, तर्कले काम नगर्ने लोकतन्त्रमा हुन्छ ? सम्झौता सत्य निरुपण हो । सम्झौताप्रति सरकार प्रतिबद्ध छ । त्यसअनुसार सरकारले संसदमा विधेयक पेश गरेको छ । म संसदलाई आदेश दिन सक्दिन, संसदको आदेश मान्छु ।’

संसदमा प्रधानमन्त्रीले आफ्नो चाहना डा. केसी सँगको सम्झौता पारित होस् भन्ने भएतापनि दबाब दिन नसक्ने बताए । ‘विधि निर्माण गर्दा संसदलाई बाध्य पार्न सकिँदैन । कानुनभन्दा माथि कोही पनि हुन सक्दैन । हामी सबै संविधान कानुन विधि प्रक्रियाभित्र छौं । म जे भन्छु त्यही हुनुपर्छ भन्ने हुँदैन । संसदलाई आग्रह पनि गर्छु, आदेश दिन सक्दिन,’ प्रधानमन्त्रीले भने ।

Advertisement

त्यस्तै सांसद मीनेन्द्र रिजालले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान पुर्याएका पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल सरकारले विघटन गर्ने तयारी गरेको हो ? भनि प्रश्न गरे ।

जवाफमा प्रधानमन्त्री ओलीले आफूले यससम्बन्धी काङ्ग्रेसका नेतासँग छलफल भइरहेको भन्दै सुशील कोइरालाको नामसँग जोडिएको बाँकेको अस्पतालमा केही विवाद रहेको र त्यसलाई समाधान गरी कसरी अघि बढाउने भन्नेमा सचेत रहेको बताए ।

साथै गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा रहेको अस्पताल श्वासप्रश्वासमा मात्रै नचल्ने देखिएकाले त्यसलाई राम्रो चल्ने गरी कसरी अघि बढाउने सम्बन्धमा आफूले छलफल अघि बढाएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले ती दुई अस्पताल मास्ने वा समाप्त पार्ने सरकारको कुनै योजना नभएको बताए । पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विजयकुमार गच्छदारसँग कुराकानी भइसकेको उल्लेख गर्दै ओलीले भने,‘कांग्रेसले भारतले बजेट दिन्छ भन्यो तर व्यक्तिगत मात्र नभई सरकारको तर्फबाट के हुन सक्छ ? त्यस विषयमा छलफल गरौं भनेको थिएँ मैलेँ। यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा कांग्रेसँग छलफल भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top