डिएसपी नै घुससहित पक्राउ

0SHARES

२१ आश्विन २०७५ नेपाल टाईम्स

असोज २१ : काठमाडौ महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार साझ उनलाई पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगका सहसचिव रामेश्वर दंगालले पुष्टि गरेका छन् ।

राईलाई १ लाख ४० हजार रुपैयाँसहित पक्राउ गरिएको हो । उनले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो ।

विज्ञापन बक्स