डिजिटल भुक्तानीको सीमा बढ्यो, अब प्रतिदिन २० लाखसम्म कारोबार गर्न पाइने

२९ भदाै, काठमाडौँ ।

नेपाल राष्ट्र बैङ्कले विद्युतीय प्रणालीबाट गरिने रकमको भुक्तानीको सीमा बढाएको छ । मङ्गलवार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै बैङ्कले मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा बढाएको हो ।

राष्ट्र बैङ्कले बैङ्क खाताबाट वालेटमा रकम पटाउँदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ रकमान्तर गर्न सकिने गरी सीमा तोकेको छ । त्यस्तै वालेटबाट बैङ्क खातामा पैसा पटाउँदा समेत सोही सीमा लागु हुने भएको छ ।

Advertisement

यसैगरी एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदाको सीमामा भने केन्द्रीय बैङ्कले कुनै परिवर्तन गरेको छैन । वालेटमार्फत अर्को वालेटमा पैसा पटाउँदा प्रति कारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँ सीमा तोकिएको छ ।

संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने व्यवस्था समेत निर्देशिकामा गरिएको छ ।

Advertisement

राष्ट्र बैङ्कले एकीकृत निर्देशनमा क्युआर कोड मार्फत हुने भुक्तानीको सीमा समेत बढाएर मोबाइल बैङ्किङको कारोबार प्रतिदिन अधिकतम २ लाख रुपैयाँ पुर्‍याएको छ भने इन्टरनेट बैङ्किङ मार्फत हुने भुक्तानीको सीमा प्रतिदिन २० लाख रुपैयाँ तथा इन्टरनेट बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा १० लाख पुर्‍याएको छ ।

बैङ्क तथा वित्तीय संस्थाका ग्राहकहरूले मोबाइल बैङ्किङ मार्फत विद्युतीय रकमान्तर गर्दा बैङ्कहरूले ५० हजार रुपैयाँसम्म प्रति कारोबार अधिकतम १० रुपैयाँ, ५० हजारदेखि १ लाख रुपैयाँसम्म प्रतिकारोबार अधिकतम २० रुपैयाँ र १ लाख रुपैयाँभन्दा माथि प्रतिकारोबार अधिकतम ३० रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top