विराटनगर ः बिहीबार बिहान परेको मुसलधारे बर्षा पछि सिंघिया खोलामा आएको बाढी विराटनगर – ८ मधुमारास्थित सुकुम्बासी बस्तीमा पस्दा बीस परिवार बिस्थापित भएका छन् ।
बाढीबाट अशोक कामत, सुरेश मरिक, राजु मरिक,कासिम खान लगायतका बीस घर परिवार बिस्थापित भएका हुन् ।मधुमारा स्थित सिंघिया खोलाको डिल र आसपासको जग्गामा बस्दै आएका सुकुम्बासी परिवार विस्थापित भएका हुन् । थप एक सय परिवार समेत बाढीको जोखिममा रहेको जनाईएको छ । आजको उद्घोष दैनिकमा समाचार छ ।
डुबानबाट उनीहरुको घरभित्रको खाद्यान्न तथा लत्ताकपडा पुर्णरुपमा नष्ट भएको छ ।विस्थापितलाई नजिकैको चउरमा टहरा बनाएर राखिएको छ ।बाढी पसेपछि परिवर्तनका लागि हातेमालो नामक संस्थाका पदाधिकारीहरु पुगेर डुबानमा परेका घरबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारेका थिए ।