डेढ महिनादेखि कुवेतको सेल्टरमा रहेका नेपालीहरुद्वारा मध्यरातमा आन्दोलन

२६ जेष्ठ, दोहा । कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर हिडेका ३ हजार ५ सय बढी नेपाली कामदार कुवेतका विभिन्न स्थानमा आफूहरु अलपत्र परेको भन्दै आन्दोलन गरेका छन् ।

४३ दिन देखि अलपत्र अवस्थामा कुवेतको सेल्टरको क्वारेन्टाइनमा रहेक पाँच सयभन्दा बढी नेपालीहरुले मध्य आइतबार रातीबाट आन्दोलन सुरु गरेको गुल्मीका रामचन्द्र भण्डारीले जानकारी दिएका छन् ।

अलपत्र नेपालीहरुले कुवेत सरकार जिन्दाबाद नेपाली दूताबास मुर्दाबाद र केपी ओली मुर्दाबाद भन्दै नाराबाजी गरेको भण्डारीले बताए । नेपाल सरकारले बेवास्था गरेको र नेपाल सरकार सुतेको भन्दै कुवेत प्रहरीले पनि नाराबाजी गर्न छुट दिएको उनले बताए ।

Advertisement

लामो समय देखि सल्टरको क्वारेन्टाइनमा बसेका कारण धेरै नेपालीहरु बिरामी समेत परेको र पटक पटक नेपाल सरकारलाई उद्दार गर्न आग्रह गरेता पनि हाम्रो माग नसुनेको भन्दै आन्दोलन गर्न बाध्य भएको उनले बताए ।

कुवेतको इराकको सीमाना, जिलिव र फर्मानिया क्षेत्रका विभिन्न स्थानमा अलपत्र ३ हजार भन्दा बढी नेपाली कामदारहरु उद्धारका लागि नेपाल सरकारलाई गुहारी रहेको भएपनि अहिलेसम्म उनीहरुको माग सुनुवाई भएको छैन ।

Advertisement

अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएको उनले बताए ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएको हो ।

अवैध आप्रवासी कामदारलाई स्वदेश पुग्ने हवाई भाडासमेत तिरिदिने निर्णय गरेको कुवेत सरकारले जनाएले पनि अहिलेसम्म नेपाल सरकारले बेवास्था गरेको कारण बाध्य भएर आन्दोलन गर्नु परेको आन्दोलनमा सहभागीहरुको भनाइ रहेको छ । यस बारे कुवेतस्थित नेपाली दूताबाससंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन् सकेन ।

Advertisement

भर्खरको समाचार

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

सम्बन्धित समाचार

Scroll to Top