ढुक्क ओली, सकसमा प्रचण्ड

१६ चैत, काठमाडौँ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय रुपमा सहमति हुन नसक्दा प्रधानमन्त्री केपी ओली आफ्नो सत्ता टिकिरहनेमा ढुक्क देखिएका छन्।

सर्वोच्चको फैसलापछि पार्टीभित्र शक्तिशाली देखिएका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार टिकाइ राख्नका लागि जसपालाई मात्र साथ लिने पुग्नेछ। त्यसका लागि जसपाको माग सम्बोधन गरेर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओली ढुक्क रहेको ओली निकट एक नेता बताउँछन्।

उनी भन्छन्, ‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री ओलीले सहजै रुपमा संसदबाट विश्वासको मत लिनुहुन्छ।’

Advertisement

नयाँ सत्ता समीकरणको प्रक्रिया अगाडि बढाउन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अनिच्छा देखाएको छ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनमा जानुपर्ने अडानलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मौन समर्थन जनाएका छन्।

प्रतिनिधिसभा पुनःस्थापित भएको एक महिना बितिसक्दासमेत एमालेबाहेकका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बीचमा नयाँ सत्ता समीकरणका लागि साझा सहमति जुटन सकेको छैन। पछिल्ला दिनमा त तीन दलबीच संवाद नै टुटेको छ।

Advertisement

एमालेबाहेकको नयाँ सरकार गठनका लागि जसपा नै निर्णायक शक्ति देखिएको छ। तर, जसपाभित्र नै कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन सकस परिरहेको छ।

आफ्नै नेतृत्वमा सरकार गठन गर्ने उद्देश्यले दौडधुपमा लागेको जसपाले पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादलाई निरन्तरता दिएको छ। तर, जसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव ओली नेतृत्वको सरकारलाई समर्थन गर्न नसकिने अडानमा रहेकाले जसपा अर्निणित बन्न पुगेको छ।

प्रधानमन्त्री ओली जसपालाई चित्तबुझ्दो गरी मन्त्रालय भागवण्डा गर्न तयार भए पनि प्रतिनिधिसभा विघटन गर्ने व्यक्तिलाई समर्थन गर्ने/नगर्ने बहस जसपाभित्र शुरु भएको छ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top