ढोरपाटनमा शिकार पर्यटन वर्षको पहिलो सिजन सुरु

६ मंसिर, बाग्लुङ ।
कोभिड–१९ का कारण ढोरपाटन शिकार आरक्षमा रोकिएको शिकार पर्यटन यस वर्षको पहिलो सिजन सुरु भएको छ ।

यस वर्षको पहिलो शिकार मङ्सिर ५ गतेदेखि सुरु भएको हो । नेपालको एक मात्रा वैधानिक शिकार केन्द्र ढोरपाटन शिकार आरक्षण बागलुङमा याममा एक नाउर र एक झारलको मात्रा शिकार हुने भएको छ ।

नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियन नागरिक मङ्सिर ५ गते शिकारको लागि ढोरपाटन आएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

Advertisement

उनले शिकार आरक्षको धुस्तुङ ब्लकमा दुई हप्ताभित्र एक नाउर र एक झारलको शिकार गर्न सकिने बताए ।

शिकारीले नाउरको लागि एक लाख ६० हजार र झारलको लागि ९० हजार, लाईसेन्स नवीकरणमा ७५ हजार र एक साता बसाइँको ४० हजार रुपियाँको दरले राजस्व तिर्नु पर्ने छ ।

Advertisement

कोरोना त्रासले एकाएक थलिएको शिकार पर्यटन लयमा फर्कन नसक्दा यस वर्षको पहिलो सिजनमा तोकिएको झारल र नाउरको शिकार नहुने भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेको थियो ।

विभागले शिकारको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्रा शिकारको लागि प्रस्ताव पेश गरेको थियो ।

वि.सं. २०४२ सालमा स्थापना भएको आरक्षणमा शिकारका लागि अमेरिका, रसिया, स्पेन, फ्रान्सलगायत मुलुकबाट व्यावसायिक शिकारी आउने गरेका छन् ।

संरक्षण अधिकृत कँडेलका अनुसार हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारी, ओपननेपाल वाइल्ड सफारी एण्ड ट्रेकलगायत कम्पनीमार्फत शिकारको लागि शिकारी आउने गरेका छन् ।
आरक्षणमा बर्सेनि असोज–मङ्सिर र फागुन– वैशाख गरी दुई पटक शिकार खुल्छ । गतवर्षको दोस्रो यामको शिकार कोरोनाको कारण रोकिएको थियो ।

बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ । यहाँ ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् ।

प्रमुख जनावर नाउर, झारल हुन भने हिमाली भालु पनि पाइन्छ । यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चरा पाइन्छन् ।

आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ ।

आरक्षमा व्यवस्थित शिकारको व्यवस्था मिलाइएको कारण राष्ट्रले विदेशी मुद्रा आर्जन गर्न पाएको पौडेलको भनाइ छ । पेशेवर विदेशी शिकारीहरुका लागि यो आरक्ष एक प्रमुख गन्तव्य हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा शिकार गराउने गर्छ ।

वि. सं. २०४४ सालमा स्थापना भएको आरक्ष एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।(गोरखापत्र)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top