तत्काल ४० लाख डोज खोप ल्याउने तयारी : निषेधाज्ञा खुकुलो बनाउने, केही देशको हवाई उडान फेरि सञ्चालन गर्ने

३ असार, काठमाडौं ।

सरकारले चीनबाट तत्काल ४० लाख डोज खोप ल्याउने गृहकार्य थालेको छ । साउनदेखि खोप आउन थाल्ने र प्रक्रिया सुरु गर्ने तयारी भइरहेको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिनुभयो । हिजो बसेको कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बैठकमा खोप ल्याउने विषयमा छलफल भएको छ ।

बैठकले नागरिकको जनजीविकालाई ध्यानमा राखेर निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने निर्णयसमेत गरेको छ । बैठकले वैदेशिक रोजगारीमा गएर नेपाल फर्कन चाहेका तर विभिन्न कारणले होटल क्वरेण्टीनमा बस्न नसक्नेहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

Advertisement

कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बैठकले १५ दिन होटल क्वरेण्टीनमा बस्नुपर्नेहरुका लागि १० दिनसम्मको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो ।

यस्तै मलेसिया, जापानलगायत देशहरुसँग हवाई सेवा खुकुलो बनाउने निर्णय पनि भएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । समितिको बैठकले नेपाली श्रमिक धेरै रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियालगायत देशहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको मन्त्री तामाङले बताए ।

यी देशहरुबाट हप्तामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने उनको भनाइ छ । यस्तै बैठकले गैरआवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top