तरकारी तथा फलफुल ढुवानीमा अवरोध गरे अब कारवाही

२२ जेठ, काठमाडौँ ।
लकडाउनको अवस्थामा तरकारी तथा फलफुल ढुवानीमा अवरोध गरी नष्ट गर्ने व्यक्तिहरुलाई कारबाही गर्न संसदीय समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बिहीबारको बैठकले कोभिड १९ रोकथाम गर्ने सम्बन्धमा कानूनलाई हातमा लिई अनधिकृत रुपमा तरकारी तथा फलफुल नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएको हो ।

बैठकको निर्णय सुनाउँदै समितिका सभापति पूर्णकुमारी सुवेदीले किसानका तरकारी निर्वाध ओसारपसार गर्ने व्यवस्था मिलाउन र तरकारी तथा फलफुल नष्ट गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको बताइन् । पछिल्लो समय तरकारी तथा फलफुल ओसारपसारमा रोक लगाई नष्ट गरेका घटना बाहिरिएपछि समितिले त्यस्ता घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

यस्तै समितिले कोभिड–१९ का कारण समस्यामा परेका किसानलाई राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन कृषि तथा पशुपंक्षि विकास मन्त्रालयलाई निर्देशन दिएको छ । कोभिड–१९का कारण समस्यामा परेका वास्तविक कृषकलाई उत्पादनका आधारमा बीउ, मल र प्रविधिमा अनुदान दिन निर्देशन दिएको छ ।

Advertisement

राष्ट्रिय आवश्यकता र स्थानीय सम्भाव्यताको आधारमा उत्पादकत्व अभिवृद्धि गर्दै ठूलो परिमाणमा एक स्थानमा एउटा बालीको खेती गरी कृषि वस्तुको उत्पादन वृद्धि गरी कृषिलाई आयमुलक, आधुनिक र मर्यादित पेशा तथा उत्पादनशील व्यवसायको रुपमा विकास गर्न निर्देशन दिएको छ । कखुरा पालक कृषकहरुलाई गुणस्तरीय दाना उपलब्ध गराउने विषयमा दानाको गुणस्तरमा नियमित चेकजाँच गरी गुणस्तर कम भएको दाना विक्री गर्नेलाई कारबाही गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि खाद्य पदार्थमा हुने अखाद्य पदार्थको मिसावट रोक्न आवश्यक कार्य गर्न निर्देशन दिएको छ । यस्तै नेपाललाई आवश्यक पर्ने खाद्यन्नको संचिति कायम गरी महामारीमा खाद्यान्न अभाव हुन नदिन समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top