तरकारी पकाउन ढिला गरेको भन्दै श्रीमतीमाथि गोली प्रहार

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन्। साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले प्रहार गरेको भरुवा बन्दुकको छर्रा लाग्दा उनकी २५ वर्षीय श्रीमती बालकुमार घर्ती घाईते भएकी हुन्।

Advertisement

कम्मरको भागमा छर्रा लागेर घाइते भएकी घर्तीलाई मोटर बाटोमा हिँउ जमेको कारण उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएपी) चिरञ्जिवी कोईरालले जानकारी दिए।

विहिबार मापक पदार्थ सेवन गरी घरमा आएका चन्द्रबहादुरले तरकारी ढिलो पकाएको भन्दै झगडा निकाले पछि भनाभन हुँदा उत्तेजनामा आएर बन्दुक प्रहार गरेको घाईते बालकुमारीले प्रहरीसँग बयान दिएकी छन्।

Advertisement

बन्दुक प्रहार गर्ने चन्द्रबहादुर फरार रहेका प्रहरी नायव निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए । यो खबर आजको राजधानी दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top