तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउँदै निकुञ्ज

२४ कात्तिक ७७, मंगलबार

२५ कात्तिक, चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा चार वर्षपछि पुनः तस्करले गैँडा मार्न थालेपछि निकुञ्ज नयाँ रणनीतिका साथ संरक्षणमा जुटेको छ । गत साउन यता मात्र चोरी शिकारीबाट चार गैँडा मारिएका छन् ।

यसै अवधिमा प्राकृतिक कारण १० वटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउन थालिएको हो । निकुञ्जले चोरी शिकार नियन्त्रणका लागि तिहार अघिनै तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर निकुञ्ज विभाग हुँदै वन तथा वातावरण मन्त्रालयमा पठाउँदै छ ।

Advertisement

वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीको निर्देशनमा तत्काल योजना निर्माण गर्न लागिएको हो । योजना वनेपछि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गरिने ओलीले आश्वासन दिए ।

बरालले भने, “हामी योजना वनाएर संरक्षणमा जुटेका छौ ।” बीचको समयमा चोरी शिकार बन्द भएसँगै कतिपय संरचना भत्किएकाले पुनः पूर्ववत अवस्थामा फर्काएर चोरी शिकार नियन्त्रणमा निकुञ्ज जुटेको छ ।

बरालले निकुञ्ज भित्र कडाइसाथ गस्ती, बाहिर सुराक सञ्जालको व्यापक प्रयोग र नेपाल प्रहरीको अपराध अनुसन्धान व्यूरोसँग सहकार्य गरेर प्रविधिको प्रयोग गरी चोरी शिकारी नियन्त्रण अभियान गरिन लागेको जानकारी दिए ।

निकुञ्जका सम्वेदनशील क्षेत्रमा स्विप अप्रेसन शुरु गरिएको छ भने पुरै निकुञ्जलाई आफ्नो नियन्त्रणमा रहने गरी गस्ती गरिएको छ । पैदल, डुङ्गा, साईकल, मोटरसाईकल, गाडी, हात्तीबाट निगरानी गरिदैँ आइएको छ ।

हाल निकुञ्जमा ४६ वटा पोष्ट रहेका छन् । सङ्कटकालको समयमा तस्करी बढेका बेला पोष्टको सङ्ख्या ५२ पु¥याइएको थियो । निकुञ्जले पोष्ट थप गर्ने योजना वनाएको छ । बरालले मध्यवर्तीका वासिन्दाहरुसँग सहकार्य गरी सुराक सञ्जाललाई चुस्त बनाउन लागिएको जानकारी दिए ।

वि।सं। २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारे यता प्राकृतिक कारणले मात्र मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए । यस वर्ष तस्करका कारण मरेका चार गैँडा फेला परेसँगै मन्त्रालयको समेत ध्यानाकर्षण भएको हो ।

सन् २०१५ को गणना अनुसार नेपालमा ६ सय ४५ गैँडा रहेका छन् । यस मध्ये गैँडाको मुख्य वासस्थान चितवनमा मात्रै ६ सय ५ गैँडा भेटिएका थिए । निकुञ्जमा सवै भन्दा वढी गैँडा आर्थिक वर्ष २०५८÷०५९ मा मरेका हुन् ।

यो वर्ष मरेका ४८ गैँडा मध्ये ३७ वटा चोरी शिकारीले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । यस आर्थिक वर्षमा निकुञ्जमा गैँडा गणना गरिदै छ । गत वर्ष गणना गर्ने अन्तिम तयारीमा कोरोना सङ्क्रमण बढेपछि रोकीएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top