तातोपानी नाकाको विकल्प भनिएको टिमुरेलाई हेपियो

२७ जेठ ७८, शुक्रबार

२८ जेठ, रसुवा ।

सडकको अवस्था रामो नहुँदा रसुवा टिमुरेका जनताले दुःख भोग्नु परेको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय जनताले दुःख पाएका हुन् ।

रसुवाको धुन्चेदेखि छिमेकी राष्ट्र चीन जोडिने नाका टिमुरेको सडकको अवस्थाले स्थानीय जनताको दैनिकमा समेत नकारात्मक असर परेको छ । हिमाली क्षेत्र भएकोले यस क्षेत्रमा पर्याप्त उब्जनी हुँदैन । सबैकुरा किनेर चलाउनुपर्ने हुन्छ ।

Advertisement

सडकको अवस्था राम्रो नहुँदा पर्याप्त सामान नपाइने पाइएको सामान महँगो हुने, बासि सडेगलेको खाद्यान्न पुग्ने भएकोले स्थानीय जनताले दुःख पाएका छन् ।

टिमुरेकी स्थानीय तारा रानामगरले खाद्यान्न लत्ताकपडा र तरकारी समेतमा काठमाडौंको भर पर्नुपरेको बताइन । यस्तै अर्का स्थानीय व्यावसायी वल बहादुर घर्ती मगरले खराब बाटोको मार सँगै कोरोना संक्रमणको जोखिमको कारणले लगाइएको निषेधाज्ञाले समेत दुःख पाएको बताए ।

Advertisement

धुन्चे टिमुरे सडक खण्डको स्तरोन्नति गर्ने विषय वर्षौदेखि योजनामा परेपनि समयमै काम हुन सकिरहेको छैन । मुख्य शहर जोड्न बाटो लामो भएको र सडकको अवस्था पनि सुध्रन नसकेपछि व्यापार,

यस्तै रसुवाका प्रतिनिधि सभाका पूर्व सांसद मोहन आचार्यले सडकको स्तरोन्नति गर्न सरकारसँग विभिन्न चरणमा छलफल भएपनि मूर्तरुप पाउन नसकेको बताए । उत्तरी छिमेकी चीनसँग जोड्ने सहज नाकाको रुपमा हेरिएपनि आवश्यक भौतिक पूर्वाधारको कमिले प्रयोगमा आउन नसकेको पूर्व सांसद आचार्यले बताए ।

सरकारले यस सडक खण्डलाई एक निर्वाचन एक रणनैतिक सडक कार्यक्रम अन्तर्गत पारेको हुँदा आगामी आर्थिक वर्षमा काम हुने विश्वास ब्यक्त गरे । यो सडकलाई पवित्र धार्मिक स्थल गोसाईकुण्ड जाने बाटोमा परिणत गर्नसके धार्मिक पर्यटनबाट आयआर्जन गर्न सकिने पूर्वसांसद मोहन आचार्यले बताए ।

यो सडक पासाङल्ह्यामु राजमार्गको नामले पनि चिनिन्छ । यस सडकको ठिक तल मैलुङ स्याफ्रुबेसी सडक पर्दछ । मैलुङ स्याफ्रुबेसी सडक टिमुरे सम्म पुग्ने भएकोले पासाङल्ह्यामु राजमार्ग कतै ओझेलमा पर्ने हो कि भनेर स्थानीय चिन्तित बनेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top