तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने

१३ असोज, काठमाडौं ।
सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने भएको छ। मंगलबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच नेपाल–चीन सीमाको मितेरी पुलमा बसेको बैठकमा असोज १९ गतेदेखि नाका खोल्न सहमति भएको हो।

दुई देशको टोलीबीच असोज १८ गतेसम्म तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको प्रजिअ ढकालले बताए । उनले भने– ‘१८ गते जाङ्बु पोर्टबाट जाँच पास सुरु गर्ने र १९ गतेबाट नेपालमा सामान आउँछ ।’ धेरै सामान अड्किएकाले सुरुमा दुई टोलीले काम गर्ने उनले बताए। नाका खुल्ने दिनसम्म नेपालले लोड अनलोड गर्ने मजदुरको टोली तयारी अवस्थामा राख्नुपर्नेछ । ‘हामीले सामान लोड गर्ने मान्छे तयार पार्नुपर्छ । २५ जनाको ग्रुप यसअघि नै थिए, थप २९ जनाको ग्रुप तयार पार्छौं’ प्रजिअ ढकालले भने ।

चीनबाट ल्याएका सामान लोड अनलोड गर्न पीसीआर रिपोर्ट नेगेटिभ आएका २५ जना र २९ जनाको दुई वटा श्रमिक समूह तयारी अवस्थामा रहने तातोपानी भन्सार कार्यालय प्रमुख लालाबहादुर खत्रीले बताए ।

Advertisement

प्रजिअ ढकालले व्यवसायीहरुको बीच बाटोमा धेरै सामान अड्किएको भनेर कुरा राखेपछि चिनिया पक्ष सकरात्मक भएको बताए ।

बैठकमा नेपालबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी, सशस्त्रका प्रमुख, भन्सार प्रमुख, अनुसन्धानका प्रमुखलगायत सुरक्षा निकायका प्रमुखहरु छलफलमा सहभागि भएका थिए।

Advertisement

नेपालतर्फ पहिरो खसेका कारण असार २४ गतेदेखि नेपालकै आग्रहमा तातोपानी नाका बन्द गरिएको थियो । तर सडक मर्मत सकिएपछि नेपालले आग्रह गर्दा पनि तिब्बतको हिमताल फुट्ने जोखिमलाई कारण देखाउँदै चीनले नाका खोल्न आनाकानी गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top