१५ जेठ, काठमाडौं ।
सरकारले काठमाडौंको जाम हटाउन तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ।
सो सुरूङ मार्ग बनाउन १ अर्ब ८० करोड बजेट छुट्टाएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
यस्तै, सरकारले आर्थिक वर्ष २०७८÷७९ मा चक्रपथमा पर्ने राजधानीका सातदोबाटो, ग्वार्को र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको छ।