तुहियो १५ करोड कमाउने सपना, ५ चेपाङ पक्राउ

१ भदौ, हेटौंडा।
आर्थिकरुपमा अतिविपन्न चेपाङहरु बारम्बार ठगिँदै आएका छन् । यही शृंखलामा मकवानपुरका चेपाङ समुदायलाई घर बनाइदिने भन्दै ठगी गर्नेहरु प्रहरीको नियन्त्रणमा परेका छन् । आफ्नै समुदायप्रति अन्याय गर्ने मकवानपुरका पाँच चेपाङलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको हो ।

काठमाडौंको माछापोखरी चोकमा चितवनको राप्ती नगरपालिकाका सन्तोष प्रजा र जगमणि प्रजासँग फारम भरेबापत् रकम भनी २ हजारका दरले असुलेर कागज गर्दैगर्दा उनीहरु पक्राउ परेका हुन् ।मकवानपुर र चितवनको चेपाङ बस्तीमा ३ सय वटा घर बनाइदिने भन्दै ठगी गर्ने गिरोह नै काठमाडौंमा पक्राउ परेको हो । घर बनाइदिने भन्दै सर्वसाधारणसँग उनीहरुले प्रतिफारम शुल्कका नाममा २ हजार रुपियाँ असुलेको आरोप छ ।

पक्राउ पनेरुमा राक्सिराङ–५ का ३८ वर्षीय दानियल भनिने श्यामबहादुर प्रजा (चेपाङ), ३४ वर्षीय बिनोद प्रजा (चेपाङ), ३० वर्षीय दीपक प्रजा (चेपाङ), २५ वर्षीय प्रिन्स भनिने राजकुमार प्रजा (चेपाङ) र २४ वर्षीय राज प्रजा (चेपाङ) रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको १५ करोड कमाउने प्रपञ्च प्रहरी सक्रियतामा तुहिएको हो ।

Advertisement

३ सय घर बनाउने भन्दै प्रतिघर फारम शुल्क भन्दै २ हजार उठाइएको प्रहरीले जनाएको छ । घर बनिसकेपछि प्रतिघर ५ लाख रुपियाँ दिनुपर्ने कागजसमेत गरिएको पाइएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ एक हो । २०६८ को जनगणनाअनुसार चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ छ । यिनीहरु मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँमा छरिएका बसेका पाइन्छन् । चेपाङ बाहुल्य जिल्ला मकवानपुरमा चेपाङहरु १९ हजार २ सय ३३ रहेको तथ्यांक छ ।

भिरालो पाखो बारी, नजिकै जंगल भीरपहरा आसपासमा ससाना झुपडी बस्ती चेपाङका छन् । थोरै अन्न अनि बनजंगलबाट कन्दमूल, वनस्पति, फलफुल लिएर जीविकोपार्जन गर्छन् । गिठ्ठा, भ्याकुर, चिउरीबाट जीविकोपार्जन गर्छन् उनीहरु ।

चेपाङको जीवन बनजंगल र जमिनसँग जोडिएको छ । त्यसैले उनीहरुको बसोबास बनजंगल नजिक, भिरालो परेको जमिन, खोलानजिक छरिएर रहेको पाइन्छ । घरहरु सामान्यतयाः एकतले ढुंगा र माटोले बनेको र खरले छाएको पाइन्छ । चेपाङ जाति आर्थिक, सामाजिक, शैक्षिक हरेक हिसाबले निकै पछाडि छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top