त्रिविको उपकुलपतिका लागि डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिश

१७ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिश गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित सिफारिश समितिले पहिलो नम्बरमै डा. भगवान कोइरालाको नाम सिफारिश गरेको स्रोतले जनाएको हो ।

दोस्रो नम्बरमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिश गरेको छ । समितिले हाल निमित्त उपकुलपति रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिश गरेन ।

Advertisement

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यकारी निर्देशकसमेत रहिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै डा. कोइरालालाई त्रिविको उपकुलपति बन्न प्रस्ताव गरेको समाचार यसअघि नै पनि सार्वजनिक भएका थिए ।

डा. बाँस्कोटाले नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट हालै अवकाश पाएका थिए भने डा. पौडेल त्रिविका पूर्वरजिष्ट्रार हुन् । डा. बाँस्कोटा नाक कान घाँटी रोगका विशेषज्ञ हुन् ।

Advertisement

तथ्यांकशास्त्रका प्राध्यापक उनलाई सरकारले २०७४ सालमा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । तत्कालीन उपकुलपति डा. तीर्थ खनियाको कार्यकाल सकिनुअघि नै सरकारले नयाँ उपकुलपतिका लागि नाम सिफारिस गर्न सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको नेतृत्वमा साउन २० मा समिति गठन गरेको थियो ।

सिफारिश नाम शिक्षा मन्त्रीले हिजो प्रधानमन्त्रीलाई बुझाएका हुन् । समितिले समयमै नाम सिफारिश गर्न नसक्दा दुई महिनादेखि सुधा त्रिपाठी निमित्त उपकुलपतिका रुपमा कार्यरत छिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top