थाइ राजपरिवारले एक जहाज स्वास्थ्य सामग्री पठाउँदै

१४ जेठ ७८, शनिबार

१५ जेठ, काठमाडौं ।

थाइल्याण्डका राजपरिवारबाट कोरोना महामारीका बेला नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ ।

थाइल्याण्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रुपमा सहयोगस्वरुप एक जहाज सामग्री नेपाललाई पठाउन लागेका हुन् ।

Advertisement

थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पिपिई गाउन ११ हजार ५२० थान, पिपिई लेग कभर १० हजार जोडी, पिपिई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड पाँच हजार, रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान नेपाल सरकारलाई सहयोगस्वरुप पठाउन थालेका हुन् ।

थाइ राजपरिवारको स्वास्थ्य सहयोग आइतबार थाइ राजपरिवारकै खर्चमा जहाजमार्फत काठमाडौँ आइपुग्ने भिक्षु सुगन्धले बताए । सहयोगका लागि नेपालका राष्ट्रपतिबाट थाइ नरेशलाई सहयोगका लागि पत्राचार गरिएको थियो । उक्त पत्र प्राप्त भएपछि थाइ नरेशले खुशीसाथ नेपाललाई सहयोग गर्नेगरी आदेश दिएको जानकारी भिक्षु सुगन्धले दिए ।

थाइल्याण्डका राजपरिवारको अत्यन्तै निकट मानिने भिक्षु सुगन्ध महास्थवीर र लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यको पहलमा उक्त सामग्री नेपाल आउन थालेको हो ।

सानुराजाले भने, “थाइ राजपरिवारसँग भिक्षु सुगन्धले पहल गर्नुभयो, यता नेपालमा हामीले समन्वय गर्यौँ, हाम्रो अनुरोधलाई भिक्षु सुगन्धको पहलमा थाइ राजपरिवारले सहर्ष स्वीकार गरी सहयोग गर्ने भएको ।”

भिक्षु सुगन्ध बौद्ध दर्शनमा विश्वविख्यात महामुकुट बौद्ध विश्वविश्वविद्यालय बैङ्कक, थाइल्याण्डका रेक्टरसमेत छन् ।

उनले बैंककको कारागारमा आजीवन कारावासको सजाय भुक्तान गरिरहेका तथा विभिन्न अपराधमा संलग्न भई फाँसीका लागि सजाय सुनाइएकालाई पनि बाँचुन्जेल केही गर्नुपर्छ भनेर नयाँ र अनुकरणीय बौद्ध दृष्टिकोणमा बाँच्ने कला अभियान चलाउँदै आएका छन् ।

भिक्षु सुगन्ध महास्थवीर थाइल्यान्डको बौद्ध भिक्षु परम्परामा चौथो वरियताको देव पदको सम्मान पाउने पहिलो नेपाली भिक्षुसमेत छन् । थाइल्याण्डमा उनलाई डा अनिल शाक्यका नामले समेत चिनिन्छ । प्राध्यापक शाक्य थाइ राजकीय विहारबाट बोभर्नका उपप्रमुखसमेत छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top