दक्षिण कोरियामा विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण

२२ पौष, एजेन्सी । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ ।

हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो ।

नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ ।

Advertisement

दक्षिण कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको समेत दाबी गरिएको छ । युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको गति प्रतिघण्टा ८०० देखि एक हजार किलोमिटर हुने गर्दछ ।

संस्थानले उक्त प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने र सन् २०२२ सम्ममा ट्र्याक र पूर्ण सवारीको विकास गरिसक्ने जनाएको छ । त्यस्तै सन् २०२४ सम्म उक्त रेल सञ्चालनमा ल्याइसक्ने सरकारको तयारी छ । अब उक्त रेल सञ्चालनमा आएपछि कोरियाको राजधानी सउलबाट बुसान तथा देशमा जुनकुनै स्थानमा ३० मिनेटभित्र पुग्न सकिने छ । (रासस)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top