दमौलीमा चार दिनदेखि फोहोर उठेन

२७ भदौ ७७, आइतबार

२८ भाद्र, तनहुँ ।
तनहुँको सदरमुकाम दमौलीस्थित पृथ्वीराजमार्गसँगै जोडिएको सफा सडकमा फोहोर को डुङ्गुर छ ।

सफासडक नमूना टोल व्यवस्थापन समितिले सफा सडकमा फोहोर फालेमा रु एक हजार जरिवाना गर्ने सार्वजनिक सूचना टाँसेको छ तर सोही सूचनाको तल फोहोर को डुङ्गुर थुपारिएको छ । सफा सडकबाट थोरै माथि व्यास नगर अस्पताल जाने बाटोमा पनि त्यस्तै फोहोर को डुङ्गुर छ ।

बोराका बोरा फोहोर को डङ्गुर ल्याएर जथाभावी फालिएको छ । यी दुई ठाउँमा मात्रै होइन, यतिबेला दमौलीका विभिन्न टोलमा पनि फोहोर को यस्तै डङ्गुर देख्न सकिन्छ । व्यास नगरपालिकाले फोहोर विसर्जन गर्दै आएको भतेरी मादी नदीले कटान गरिदिएपछि बजार क्षेत्रबाट फोहोर उठाउन समस्या भएको छ ।

Advertisement

नगरपालिकाले केही दिनअगाडि सूचना नै प्रकाशित गरेर भदौ २७ गतेसम्म फोहोर उठाउन नसकिने भएकाले घरबाहिर फोहोर ननिकाल्न सर्वसाधारणलाई आग्रह गरेको थियो तर सर्वसाधारणले उक्त सूचनालाई अटेर गर्दै दमौलीका विभिन्न स्थानमा जथाभावी फोहोर को डङ्गुर फालिदिएका छन् ।

नगरपालिकाले फोहोर फाल्ने ठाउँको व्यवस्था नभएकाले बजार क्षेत्रबाट फोहोर उठाउन नसकिएको जनाएको छ । नगरपालिकाका सरसफाइ उपशाखा प्रमुख भाग्यशाली ढुङ्गानाले नदीले वर्षौँदेखि फोहोर फाल्दै आइएको ठाउँ कटान गरिदिएपछि समस्या उत्पन्न भएको बताए ।

ढुङ्गानाले फोहोर फाल्ने वैकल्पिक स्थानको खोजी भइरहेको जानकारी दिँदै दुई दिनपछि फोहोर उठाउन सकिन्छ कि भन्ने लागेको बताए । “शुक्रबार पनि सोही विषयमा छलफल भयो, व्यास–४ र १० को बीच भागमा फोहोर फाल्ने स्थान बनाउनका लागि पनि प्रक्रिया शुरु भइसकेको छ, अन्यत्र पनि ठाउँ खोज्दैछौँ”, उनले भने ।

केही समय अगाडि मादीमा आएको बाढीले भतेरी जाने बाटो र फोहोर फाल्ने ठाउँ नै कटान गरिदिएको थियो । लगत्तै नगरपालिकाले अस्थायीरूपमा बाटो बनाएर फोहोर फाल्ने ठाउँ बनाएको थियो तर उक्त ठाउँ कटान भएपछि भतेरीमा फोहोर फाल्न रोकिएको छ ।

व्यास–४ र १० को बीचमा पर्ने माथिल्लो भतेरीमा फोहोर फाल्ने ठाउँ बनाउन वडाध्यक्ष विश्वराज न्यौपानेको संयोजकत्वमा वातावरणीय अध्ययन समिति गठन गरिएको छ । नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहोर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहोर सङ्कलन हुने गरेको छ । (रासस)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top