‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक,अमेरिका जान हरिवंश र निरुताको दौडधुप (भिडियो)

२९ चैत ७५, शनिबार

काठमाडौँ, चैत २९
वैशाख २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । अमेरीका मोहको कथा बोकेको ‘दाल भात तरकारी’को ट्रेलर शुक्रबार युट्युबबाट सार्वजनिक गरिएको हो ।

ट्रेलरमा अमेरीका मोहले तानिएका व्यक्तिहरु प्रती व्यङ्गय गर्दै उनिहरुले तय गरेका यात्रालाई देखाउन खोजिएको छ । मह संचारको प्रस्तुतीमा बनेको चलचित्रको ट्रेलरमा भिजिट भिसामा अमेरीका जाने र उतै भासिन चाहने एउटा परिवार कसरी आफ्नो सर्वस्व गुमाउन पुग्छ भन्ने देखाइएको छ ।

सामाजिक यथार्थतामा बनेको चलचित्र ट्रेलरका अनुसार चोटिलो बनेको देखिन्छ । ट्रेलरले दाल भात तरकारी को जोहो गर्नको लागी विदेश भासिनु परेको अवस्थालाई पनि चोटिलो व्यङ्गय गरेको छ ।

Advertisement

चलचित्रलाई किरण केसीले निर्माण र सुदन केसीले निर्देशन गरेका हुन् यसैगरी चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा बस्नेत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यस चलचित्रको प्रचाप्रसारको लागी टिमले बिभिन्न दस शहरहरुमा कन्सर्ट आयोजना गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top