दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(प्रमुखको सपथ)
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नवनियुक्त सातै प्रदेशका प्रमुखहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण /सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश १ प्रमुखका रुपमा नियुक्त ।

२.(रहस्य यस्तो)
सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक नै भएको नेकपाका अध्यक्ष पुष्कमल दाहालको भनाई / सरकार गठन लगतै प्रदेश प्रमुखहरुलाई हटाउनु पर्नेमा ढिलो भएको दाबी ।

Advertisement

३.(आलमको आँट)
निलम्बित सांसद अफताब आलमद्वारा बयान अघि काउन्सिलिङको समय माग / बयान सकिएपछि थुनछेकको बहस सुरु हुने र त्यसपछि मात्रै आलमलाई कस्तो सजाय दिने भन्नेबारे अदालतले आदेश दिने ।

४.(शिक्षामा राजनीति)
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन गएका अस्थायी शिक्षकहरुमध्ये ४३ जना पक्राउ /तीन महिना बित्दा पनि आफ्ना माग पूरा नभएको भन्दै शिक्षक पुनः आन्दोलित ।

Advertisement

५.(माफियालाई खबरदारी !)
मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै एमबीबएस अध्ययनरत विद्यार्थीहरुद्वारा माइतीघर मण्डलामा प्रदर्शन /राजधानी बाहिरका निजी मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु स्वयं आन्दोलित ।

६.(सत्य नलुकोस्)
बढी शुल्क लिने मेडिकल कलेजहरुको छानविन गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णय / विद्यार्थीमाथि भएको आर्थिक, मानसिक र विभिन्न शोषणहरुप्रति ध्यानाकर्षण भएको भन्दै छानविन समिति गठन गर्ने उल्लेख ।

७.(खाद्यान्नका योजना)
पोषणयुक्त खाद्यन्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडलेको भनाई / निजी क्षेत्रले खाद्यन्न व्यवस्थापनका लागि कोष परिचालन गर्न सक्ने ।

८.(जनप्रतिनिधीको काम)
कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक स्थगित /समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको बैठक आगामी कार्तिक २८ गते बस्ने ।

९.(कामदारलाई सहज)
नेपाल र यूएईबीच गएको जेठमा भएको नयाँ समझदारी कार्यान्वयनमा आयो / अब यूएई जाने कामदारले कल्याणकारी कोषमा तिर्नुपर्ने १५ सय रुपैयाँ, तालिम बापत ७ सय र बिमाको रकम मात्रै तिर्नुपर्ने ।

१०.(कुरो के हो ?)
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा प्रणालीका कारण आतंकवादीहरुको ट्रान्जिट बन्न सक्ने खतरा रहेको अमेरिकाको निष्कर्ष/ पछिल्लो समय नेपालमा मुजाहिद्दीन मुस्लिम आतंकवादीले प्रभाव विस्तार गरेको दाबी ।

११.(जनताको खबरदारी)
रौतहटस्थित चन्द्रपुर नगरपालिकाको कार्यालयमा स्थानीयले लगाए ताला / नगरपालिकाले राम्रो काम नगरेको र निर्माणाधीन पूर्वपश्चिम रेलवे ट्रयाकका जग्गाधनीलाई उचित मुआब्जा नदिएपछि कार्यालयमा तालाबन्दी ।

१२.(भारतको हेपायती)
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा करिब ६ दशकदेखि कब्जा गरेको नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको भेटियो / पाकिस्तान प्रशासित कश्मीर पनि भारतको नक्सामा पारेकाले मान्य नहुने भन्दै राष्ट्र संघमा जाने पाकिस्तानको चेतावनी ।

१३.(बन्दुकसँग खेलबाड)
ओखलढुङ्गाको मोलुङमा बाँदर लखेट्न जादा थुम्कीका १७ बर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर लाग्दा मृत्यु / बन्दुक बोक्ने चित्रबहादुर सुनुवार पक्राउ / संग्लग्न अन्य ४ जना फरार ।

१४.(खेललाई प्रोत्साहन)
ललितपुरको नागबहालमा ‘दोस्रो मेयर कप’ टेवलटेनिस प्रतियोगिता आयोजना हुने / स्थानीय वडा तहका करिव ४ सयभन्दा बढि महिला तथा पुरुष खेलाडीहरुको सो प्रतियोगितामा सहभागिता रहने ।

र,
१५.(परिवारलाई निशाना)
इस्लामिक अतिवादी समूह ‘आइएस’का पूर्वप्रमुख अबु बकर अल–बग्दादीकी दिदीलाई टर्कीद्वारा पक्राउ / बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादबाट थुप्रै सूचना प्राप्त हुनसक्ने विश्वास ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top