दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१ (महराको अनुशन्धान ?)
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थप अनुसन्धानका लागि अदालतद्वारा ७ दिन म्याद थप / १८ दिनसम्म पनि अनुशन्धान नसकिएपछि काठमाडौ जिल्ला अदालतद्वारा तेस्रो पटक म्याद थप ।

२ (हिंसा छाडे खेल खत्तम)
नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले संविधान मानेर हिंसा छाडे खेल खत्तम हुने सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाको भनाई / सरकार छदमभेषी कुराका पछि नलाग्ने प्रवक्ता बाँस्कोटाकाको प्रतिक्रिया ।

Advertisement

३ (अजरबैजानतर्पm प्रधानमन्त्री)
असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान / वर्तमान विश्वमा उचित र पर्याप्त चुनौतिको प्रतिक्रिया दिने विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने ।

४ (मेडिसिटीविरुद्ध मुद्वा)
काठमाडौको मेडिसिटी अस्पताल विरूद्ध जिल्ला अदालत ललितपुरमा पूर्वसांसद गायत्री साहद्वारा मुद्दा दायर / अस्पतालको गलत रिपोर्टका कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्माउनु परेकोले १० करोड क्षतिपूर्ति माग ।

Advertisement

५ (राजनीतिक मुद्धा)
नेपालका कम्युनिष्टहरुसंग सैद्धान्तिक र बैचारिक बहस गर्नु आवश्यक रहेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई /सरकारको कार्यशैलीका कारण मुलुकमा विभिन्न जातिवाद र अराजनीतिक कुराहरु उठिरहेकाले समाज अशान्त रहेको टिप्पणी ।

६ (समय थपियो)
योगदानमा आधारित सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिनाथप/ श्रमिकहरुको जीवन स्तरलाई माथि उठाएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने भन्दै कोषको कामलाई साथ दिन सरकारको आग्रह ।

७.(चिनियाँ प्रभाव)
चिनियाँ अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनमा सहभागी गराउन संसदीय समितिले पहल गर्ने /बैठकमा दुवै पक्षबीच खाद्य सम्प्रभुताका विषयमा पनि छलफल ।

८ (वातावरण संरक्षण गरौं)
संयुक्त राष्ट्र संघीय नियोगहरुले वातावरण संरक्षणमा जोड दिँदै काठमाडौंमा पनि यूएन डे मनाए/ वातावरण संरक्षण, मानव अधिकार, बालअधिकार लगायतका क्षेत्रमा काम गर्न सर्वसाधारणलाई पनि आह्वान ।

९ (फूलमा आत्मनिर्भर !)
यस वर्ष तिहारमा गतवर्षभन्दा आठ लाख बढी फूलको माला खपत हुने /आयात गर्ने फूलमा कमी आए पनि दुई लाख ५० हजार माला भारतबाट आयात ।

१० (किजाको सम्मान)
नेवार समुदायको भाइटीका (किजापूजा)का लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय /नेवार समुदायले किजापूजाको दिन भाइटीका मनाउने भएकाले टिकाको भोलिपल्ट विदा ।

११ (चालकलाई दःुख)
सडक निर्माणमा परिचालित स्काभेटरले च्यापिएर बैतडीमा एक जनाको मृत्यु / दुर्घटनापछि चालक फरार÷रुकुमपूर्वमा डोजर सडकबाट करिब ५० मिटर तल खस्दा चालकको मृत्यु ।

१२ (शुभ सन्देश)
नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार आएको विश्व बैंकको ठहर /नेपाल गतवर्ष भन्दा १६ औं स्थान माथि उक्लियो /डुइङ विजनेश इन्डेक्समा १ सय ९० देशमध्ये नेपाल ९४ औं स्थानमा ।

१३ (घोटालाको परिणाम)
देव विकास बैंकमा भएको १८ करोड बढी रकम हिनामिना प्रकरणमा ५ जनालाई थुनामा ,४ लाई धरौटीमा र २ लाई साधारण तारेखमा छोड्न उच्च अदालत तुलसीपुरको आदेश / फरार ४३ जना विरुद्ध कारबाही अगाडि बढाउन निर्देशन ।

१४ (राइनोजलाई उपाधि)
वुमेन च्याम्पियन्स लिग(डब्लूसिएल)को उपाधि चितवन राइनोजले जित्यो /काठमाडौँको त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा क्याट क्विन्स काठमाडौं ४५ रनले पराजित ।

र,
१५ (कानुन कडा छ)
बंगलादेशमा १९ वर्षीया छात्रा नुस्रत हजान रफीलाई बलात्कारपछि जिउँदै जलाउने १६ जनालाई मृत्युदण्डको सजाय/ प्रधानाध्यापक र दुईजना छात्रा साथी पनि हत्यामा संलग्न भएको अदालतको ठहर ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top