दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(झन बढ्दै संक्रमित)
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्युभएसंगै मृतकको संख्या २० पुग्यो/बुधबार ५ सय ८६ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ७ हजार १ सय ७७ पुग्यो/११ सय ६७ जना संक्रमित उपचारपछि निको भए ।

२.(कोरोनासँग जोडिएकाहरु)
पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र आरडिटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ वटा नमुना परीक्षण/देशभर १ लाख २५ हजार ७ सय ९८ जना क्वारेन्टाइनमा /५ हजार ९ सय ९० जना आइसोलेनमा ।

Advertisement

३.(विरामीलाई बुझिदिनुस्)
बिरामीको उपचारमा आवश्यक समन्वय गर्न अस्पताललाई सरकारको निर्देशन /बिरामीलाई रिफर गर्ने बेला समन्वय नहुँदा कतिपय अवस्थामा उपचार नपाएर बिरामीको ज्यान जाने गरेको घटनाहरुप्रति सचेत बन्न आग्रह ।

४.(माननीयको मत)
राष्ट्रियसभाको शुन्य समयमा बोल्ने सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण /क्वारेन्टाइन व्यवस्थापन देखि विदेशमा रहेका नेपालीहरुको उद्धार निःशूल्क गर्न सांसद्हरुको माग ।

Advertisement

५.(हलो अड्काउदै कांग्रेस)
नागरिकता विधेयकबारे सहमति जुटाउन संसदीय समितिले सरकारसँग माग्यो पाँच दिनको समय/नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा कांग्रेसको विरोध ।

६.(कांग्रेसको कसरत)
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभामा कोरोनाबारे ध्यानाकर्षण प्रस्ताव दर्ता /जनस्वास्थ्यमा महासंकट आउन नदिन तत्काल सदनले सरकारलाई मार्ग निर्देशन गर्न अपरिहार्य भएको भन्दै प्रस्ताव पेश ।

७.(प्रदेश सरकारको राहत)
रुकुम घटनामा ज्यान गुमाएका ६ जनाका परिवारलाई कर्णाली प्रदेश सरकारले एक/एक लाख रुपैयाँ राहत दिने / मृतकका परिवारलाई दिइएको राहतले परिवारको पीडा केही कम गर्ने प्रदेश सरकारको अपेक्षा ।

८.(दुःख साट्ने उपाय)
भोकको कारण र प्रहरी हिरासतमा मृत्यु भएका दुई जनाको परिवारलाई प्रदेश दुई सरकारले राहत स्वरूप पाँच पाँच लाख दिने/ भारतबाट नेपाल आउने क्रममा वीरेन्द्र यादवको मृत्यु र धनुषाकै प्रहरी हिरासत कक्षको शौचालयमा शम्भु सदाद्वारा आत्महत्या ।

९.(मेडिकलको मनपरी)
स्नातकोत्तर तह तेस्रो वर्ष अध्ययनरत विद्यार्थीलाई अतिरिक्त १५ लाख रुपैयाँ बुझाउन नेशनल मेडिकल कलेज वीरगञ्जको दबाब /असार ८ गतेसम्म परीक्षा फारम भर्ने समय /१५ लाख नबुझाए फारम भर्न नदिने कलेज प्रशासनले दबाब पछि विद्यार्थीद्वारा उजुरी ।

१०.(भूमि बैंकको बहस)
भूमिबैंक स्थापना गर्ने सम्बन्धमा संसदीय समितिमा छलफल सुरु/ बाँझो जग्गामा खेती गर्ने र उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले भूमि बैंकको अवधारणा आएको प्रष्टोक्ति ।

११.(चलचित्रकर्मीको चेतावनी)
हालै सार्वजनिक २०७७/७८ को बजेटमा नेपाल चलचित्र संघ संघका कुनै पनि माग सम्बोधन नगरेको भन्दै संघद्वारा सरकारलाई सात दिने अल्टिमेटम /सात दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने घोषणा ।

१२.(घर आउनेहरुको ओईरो)
बंगलादेशबाट १ सय ५५ जना र कुवेतबाट आममाफी पाएका १ सय ५० जना महिलाहरु काठमाण्डौ आइपुगे / बैंङ्ककबाट २ सय ५० र सिङ्गापुरबाट पनि केही नेपालीहरु स्वदेश फर्कदै /कुवेतबाट थप १५० जना भोलि बिहीबार स्वदेश फर्कने ।

१३.(कालापानीमा सेना)
प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालद्वारा कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र बीओपीको निरीक्षण/ बिओपीमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ प्रहरी खटिइदैं ।

१४.(चीनविरुद्धको मन्थन)
चीन भारत सीमामा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको दुई दिनपछि दुवै देशका विदेश मन्त्रीबीच टेलिफोन वार्ता /झडपमा ज्यान गुमाएका २० भारतीय सैनिकको बलिदान खेर नजाने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई ।

र,

१५.(कोरोनाको क्रन्दन)
कोभिड १९ महामारी कोरोना भाइरसका कारण हालसम्म विश्वभर ४ लाख ४६ हजार बढीको मृत्यु /८२ लाख ८३ हजार बढी संक्रमित /४३ लाख ३८ हजार बढी निको भएर घर फर्किए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top