दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(फकाउने दाउ)
विभिन्न जिल्ला सभापतिहरुसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको छलफल/ महाधिवेशनको मिति परिवर्तन गर्न नसकिने तर अरु विषयमा छलफल गरेर सहमतिको प्रयास गर्ने देउवाको आश्वासन ।

२.(सरकारलाई खबरदारी)
समसामयिक र क्षेत्रगत विषयमा राष्ट्रियसभाका सदस्यहरुद्वारा सरकारको ध्यानाकर्षण /सरकार क्षमता प्रर्दशन गरेर लोकप्रिय बन्नुको सट्टा डर, भय र त्रासबाट शासन चलाउने लक्ष्यमा उद्धत रहेको आरोप ।

Advertisement

३.(प्रतिपक्षी बोली)
सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवको माग /संबैधानिक व्यवस्था र समग्र लोकतान्त्रिक प्रणाली नै नेकपाका शिर्ष नेताको निरंकुशतावादमा पर्दै गएको आरोप ।

४.(जनप्रतिनिधीलाई अकुंश)
प्रदेशको नाम र राजधानीमा सचिवालयको निर्देशनअनुसार प्रदेश सांसदलाई ह्वीप लगाउनेबारे प्रदेश ३ को नेकपा संसदीय दलको बैठक अनिर्णित/यही साता प्रदेशको नाम र राजधानी तोक्ने प्रस्ताव संसदमा लैजाने प्रदेश सरकारको तयारी ।

Advertisement

५.(टालटुले एम्बुलेन्स)
सुदूरपश्चिम प्रदेश सरकारले पूरानो १६ वटा मिनी ट्रकलाई एम्बुलेन्सको स्वरुप दिएर वितरण गरेको खुलासा/एम्बुलेन्स खरिदमा करोडौं घोटाला भएको आशंका /थन्किएका एम्बुलेन्स बारे मुख्यमन्त्रीद्वारा स्पष्टीकरण माग ।

६.(बदनियतलाई प्रोत्साहन !)
नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय सरकारद्वारा बदर/खारेजीको निर्णय बदर गर्दै कम्पनीहरुलाई किस्ताबन्दीमा शुल्क बुझाउनेगरी व्यवस्था मिलाउन प्राधीकरणलाई लेखी पठाउने निर्णय ।

७.(सेजका कुरा)
भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका समस्याको समाधानका लागि आफु तयार रहेको उद्योगमन्त्री लेखराज भट्टको भनाई /उद्योगीहरु सेजमा आकर्षित हुन नसक्नुको कारण समाधान गरिने उल्लेख ।

८.(सहकारीलाई अकुंश)
सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको भनाई /निष्कृय रहेको संस्था, लेखापरीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरुलाई बन्द गर्ने चेतावनी ।

९.(सुविधा पुगेन )
डाक्टरहरुले सरकारी अस्पताललाई सम्पर्क कार्यालय बनाई बिरामीको उपचार निजी अस्पतालमा गर्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको भनाई / वित्रृmतिलाई हटाउन सेवा सुविधा थप हुने गरी विधेयक ल्याउनुपर्नेमा जोड ।

१०.(सहयोगको बोली)
सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियाका सम्बन्धमा अध्ययनलाई सरकारले सहयोग गर्ने सञ्चारमन्त्री गोकुल बास्कोटाको भनाई /प्रमुख प्रतिपक्षी दलको पनि सहमति खोजिएकाले सत्य निरुपण तथा मेलमिलाप आयोग पदाधिकारीकको नियुक्तिमा ढिला भएको प्रस्टोक्ति ।

११.(धनी हुने बाटो)
नक्कली नोट बनाइ कारोबार गर्ने ४ जना काठमाडौं र काभ्रेका विभिन्न ठाँउबाट पक्राउ /४ लाख १३ हजार नक्कली नोट,फोटोकपी मेसिन, नोटका फोटोकपी गरेका ३५ थान पेपर समेत बरामद ।

१२.(ब्यापारीको नेतृत्व)
साना तथा मझौला व्यवसायीहरुको संगठन राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन /सरकारले नीति निर्माण गर्दा साना ब्यवसायीलाई जानकारी नहुने अवस्थाको अन्त्य गर्न लागिपर्ने प्रतिबद्धता ।

१३.(सस्तियो प्याज)
भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भएपछि लगातार आकासिईरहेको प्याजको मूल्य नेपाली बजारमा ओरालो लाग्यो/ विराटनगरस्थित गुद्री बजारमा १ सय २० रुपैया प्रतिकेजीमा कारोवार हुँदै ।

१४.(आर्मी उक्लियो)
सहिद स्मारक ए डिभिजन लिगमा दबाबमा रहेका दुई टोलीबीचको प्रतिस्पर्धामा संकटा क्लब एपिएफसंग ४–२ ले विजयी/ सरस्वती क्लबलाई १–० ले पराजित गर्दै त्रिभुवन आर्मी अंक तालिकाको शिर्ष स्थानमा उक्लियो ।

र,
१५.(झुक्यो अमेरिका)
इरानसँग ’बिनासर्त गम्भीर वार्ता’ गर्न अमेरिका तयार /संयुक्त राष्ट्रसंघलाई पत्र लेख्दै इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको अमेरिकाको दाबी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top