दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(संक्रमणको थपघट)
नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो /मंगलबार १ सय १६ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुग्यो /१० हजार ३ सय २८ जना निको भए ।

२.(पछिल्ला तथ्याङ)
मंगलबारसम्म २ लाख ९३ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण /देशभर २४ हजार ७ सय १६ जना विभिन्न क्वारेन्टिनमा /६ हजार ६ सय ९५ जना संक्रमित आइसोलसनमा ।

Advertisement

३.(प्लाज्मा थेरापीको प्रयास)
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदले कोभिड १९ का बिरामीको ’प्लाज्मा थेरापी’ विधिबाट उपचार गर्नेबारे अनुसन्धान गर्ने/ कोरोनाभाइरस संक्रमणबाट निको भएका बिरामीलाई रगत दान गर्न आव्हान /डोनेट गर्न इच्छुकलाई परिषदमा सम्पर्क गर्न आग्रह ।

४.(वास्तविकता नलुकोस्)
निर्देशिका विपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने उपत्यकाका तीन वटा निजी अस्पतालमाथि छानबिन सुरू /ग्राण्डी, ह्याम्स र नेपाल मेडिकल कलेजले बिरामीहरूको आफूखुसी कोरोना परीक्षण गरेर शुल्क लिने गरेको गुनासो ।

Advertisement

५.(निरन्तरको असफल प्रयास)
विवाद समाधानका लागि भन्दै नेकपाका दुई अध्यक्षबीच आज पनि भेटवार्ता /छलफललाई विहिबार फेरी निरन्तरता दिने दुवै अध्यक्षबीच सहमति ।

६.(विवादमा बोली)
हिन्दुहरूका भगवान् श्रीराम भारतमा नभई नेपालमै जन्मिएका थिए भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति विवादमा /सवै दल, सर्वसाधारण र नेकपा नेताहरुबाटै प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना ।

७.(चनाखो प्रतिपक्ष)
लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्रीलाई नेपाली कांग्रेसको आग्रह / लिम्पियाधुरासहित नेपाली भूमि फिर्ता ल्याउने प्रक्रियातिर प्रवेश गर्नेभन्दा अतिरञ्जित आनन्दमा लागेको उल्लेख ।

८.(के छ त प्रतिवेदनमा ?)
चर्चित रुकुमको सोती घटना छानबिन संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुखलाई बुझायो /प्रतिवेदन अध्ययन गरी छिट्टै कार्यान्वयनमा लैजाने सभामुख अग्निप्रसाद सापकोटाको प्रतिवद्धता ।

९.(ओम्नीको अनुशन्धान)
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै लेखा समितिले थाल्यो छानबिन /ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिदमा संलग्न सरकारी पदाधिकारीहरूद्वारा एकअर्काको बचाउ ।

१०.(नाईलाई राहत खोई ?)
प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजार रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित/तत्काल सम्पूर्ण श्रमिकहरुलाई राहतको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन ।

११.(जोखिममा कैदी)
क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारागारहरुको भौतिक अवस्थाका कारण कोरोना संक्रमणको जोखिम बढ्दो/ कैदीबन्दीको कसुरको गम्भिरताका आधारमा अलग अलग बस्ने स्थानको व्यवस्था गर्न महान्यायाधिवक्ता अग्नि खरेलको भनाई ।

१२.(सलह सललल……. )
दाङ हुँदै पुनः नेपाल भित्रिएको सलहको एउटा ठूलो झुण्ड प्युठानबाट रोल्पा पस्यो /बर्षाका कारण सलहको क्षति कम भएको र बिहीबारसम्म अरु सलह पनि नेपाल आउन सक्ने सलह सुचना केन्द्रको भनाई ।

१३.(मेलम्चीले बगायो ?)
मेलम्ची खानेपानी आयोजनाको पानी छाडेको सुरूङमा पानी परीक्षण भइरहेका बेला बाँध फुटेर एक्कासि पानी बाहिर आएपछि अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता /२ जना घाइते ।

१४.(नेपालीको उद्धार)
मानव तस्करको फन्दामा परेर खाडी मुलुक जाने क्रममा विगत नौ महिनादेखि भारतको मणिपुरमा अलपत्र २१ जना नेपाली महिलालाई स्वदेश फर्काइयो /अलपत्रमध्ये ५ जनाको अझै उद्धार हुन सकेन /हाल माइती नेपालमा रहेका महिलाहरुलाई बुधबार घर पठाइने ।

र,

१५.(यस्तो छ आज)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ५ लाख ७६ हजार बढीको मृत्यु /१ करोड ३२ लाख बढी संक्रमित /७७ लाख ३१ हजार बढी निको भए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top