दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(एकै दिन चार)
नेपालमा कोरोनाबाट एकैदिन ४ जनाको मृत्यु भएसंगै मृतकको संखया ५६ पुग्यो /आजै २ सय २४ नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुग्यो/१४ हजार ३ सय ९९ जना निको भए ।

२.(परीक्षण दर बढाउ)
शुक्रबारसम्म पीसीआर विधिबाट ३ लाख ७५ हजार ४ सय १६ जनाको कोरोना परीक्षण / देशभर १२ हजार १ सय ११ जना क्वारेन्टिनमा /५ हजार ३ सय १६ जना आइसोलेसनमा ।

Advertisement

३.(विराटनगरमा लकडाउन)
समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्रभित्र १४ दिनका लागि लकडाउन घोषणा /आज राति १२ बजेदेखि ३० गतेसम्म लकडाउन गर्ने र लकडाउनपछि बीचको अवस्थालाई हरेर थप निर्णय गरिने ।

४.(दिनहुँ भेटिदै संक्रमित)
विराटनगरमा ११ सहित प्रदेश १ मा आज एकैदिन ३१ जना नयाँ कोरोना संक्रमित थपिए/ विराटनगरमा १ सय ८ र प्रदेशमा सक्रमितको संख्या १ हजार २४ पुग्यो ।

Advertisement

५.(स्थानीयलाई अधिकार)
कोरोना भाईरस संक्रमणको अवस्था हेरी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ का स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने /संक्रमितहरुको पहिचान गरि पीसीआर परीक्षण गराउने र सामाजिक विकास मन्त्रालयले पीसीआरको संख्या र दायरा पनि बढाउने ।

६.(घर भित्रै इद)
भोलि शनिवार मुस्लिम धर्मावलम्बीहरुले इद उल अजाह मनाउदै /कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै घरमै बसेर इद उल अजाह मनाउन मुस्लिम आयोगको मुस्लिम धर्मालम्बीहरुलाई आग्रह ।

७.(‘इनफ इज इनफ’)
प्रधानमन्त्री निवास बालुवाटारअघि शान्तिपूर्ण प्रदर्शनमाथि उत्रिएकामाथि प्रहरीको धरपकड/धरपकड गरिएका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई स—सम्मान रिहाइ गर्न विवेकशील नेपालीले माग ।

८.(नक्कली सुन प्रकरण)
साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरेको घटनाको अनुसन्धानमा बागबजारस्थित प्रहरी जवान प्रशन्न श्रेष्ठको कोठाबाट थप एक किलो सुनजस्तो देखिने धातु बरामद /चाँदीमा सुनको जलप लगाउने कालिगढ पक्राउ ।

९.(सूचनाको औचित्य)
सत्य तथ्य सूचनाको सम्प्रेषणले राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्ने राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीको भनाई /सूचना नपाउँदा जनतामा आउने अन्यौलताको अन्त्य गर्न राज्यलाई सहयोग गर्दै जवाफदेही भूमिका खेल्नुपर्नेमा जोड ।

१०.(बीमाको बाटो)
बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /विशिष्ट श्रेणीमा कम्तिमा ५ वर्षको अनुभव वा उच्च पदस्थ तहमा १० वर्ष काम गरेको अनुभव भएको व्यक्ति अध्यक्ष बन्न सक्ने ।

११.(पशुपतिमा आन्दोलन)
पशुपति क्षेत्र विकास कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका स्थानीय आन्दोलित /धर्म, संस्कृति, सभ्यता, प्राचीन वस्तीको विनास हुनेगरी गुरुयोजना आएको आरोप ।

१२.(कसले कुट्यो नेपाली ?)
मलेसियामा एक नेपाली सुरक्षा गार्ड कुटिएको सार्वजनिक भिडियोका विषयमा मलेसियास्थित नेपाली दूतावासले अनुसन्धान थाल्यो /निर्घात कुटिएका पीडितको पहिचान खोज्दै पीडितलाई सम्पर्कमा आउन दूताबासको आग्रह ।

१३.(कुवेतमा प्रतिबन्ध)
कुवेतले अगस्ट १ बाट हवाई उडान पुनः सूचारु गरेपनि नेपालसहित ७ देशका नागरिकलाई तत्काल कुवेत प्रवेशमा प्रतिबन्ध / प्रतिबन्ध लगाउने निर्णयसंगै कुवेतबाट नेपाल फर्किने नेपाली श्रमिकहरु थप समस्यामा ।

१४.(सुन उकालो चाँदी ओरालो)
सुनको मूल्यले दिनँहु नयाँ कीर्तिमान बनाउँदै /सुन आज प्रतितोला ३ सय रुपैयाँले बढेर हालसम्मकै उच्च तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम /चाँदीभने तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण ।

र,

१५.(कोरोनाको खबर)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ६ लाख ७७ हजार बढीको मृत्यु / १ करोड ७५ लाख कढी संक्रमित /१ करोड ९ लाख बढी संक्रमित निको भए /भारतमा संक्रमितको सं्ख्या १६ लाख माथि ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top