दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(नबढेको दिन भएन)
नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ९ गरी हालसम्म मृत्यु हुनेको संख्या ३ सय ४५ पुग्यो /थप १ हजार ३९ जना थपिएसँगै आजसम्म ५४ हजार १ सय ५९ जना संक्रमित /३८ हजार ६ सय ९७ जना संक्रमणमुक्त ।

२.(कसरी भयो सस्तो ?)
आज आइतबारसम्म ८ लाख ४० हजार ५ सय २७ जनाको कोरोना परीक्षण /देशभरी १५ हजार १ सय १७ जना आइसोलेसनमा /६ हजार ५ सय ३६ जना क्वारेन्टिनमा /अब अधिकतम २ हजारमा पीसीआर परीक्षण गर्न सकिने ।

३.(गढ बन्यो विराटनगर)
विराटनगरमा आज ३८ गरी मोरङमा ४१ सहित प्रदेश १ मा ४६ संक्रमित थपिए/प्रदेश १ मा संक्रमितको संख्या ४ हजार ७ सय ४२ पुग्यो /२ हजार ६३ जना डिस्चार्ज ।

४.(नेपालीको अवस्था)
कोरोनाबाट नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुग्यो /हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोनाबाट संक्रमित/हालसम्म ६१ हजार ७ सय १० नेपालीको उद्धार ।

५.(युवाको सरोकार)
कोरोना संक्रमित पत्ता लगाउनका लागि पीसीआर विधिमै परीक्षण गर्नुपर्ने इनफ इज इनफका अभियन्ताहरूको माग /उच्च जोखिम भएका व्यक्तिहरूमा एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनै लाभ नहुने भन्दै विरोध ।

६.(लागेन नियम)
सरकारको आदेश विपरित काठमाडौं उपत्यकाभित्रको बजार सञ्चालनमा /काठमाडौंमा भिडभाड बढ्दो /तोकिएको मापदण्ड पालना नगरी प्रशासनले बनाएको नियमलाई उल्लघंन गर्दै सवैदिन सवैखाले पसलहरु खुले ।

७.(भेटिँदैछन् शव)
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ को नागपुजे र भिरखर्कमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये ११ जनाको शव फेला/ अझै बेपत्ता २० जनाको खोजी जारी ।

८.(बन्यो स्वयंसेवा)
सरकारको प्रयासलाई सफल बनाउन र संक्रमणबाट समाजलाई बचाउन नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा कोभिड १९ स्वयंसेवा गठन /स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरणका साथै मनोसामाजिक र आपतकालीन परामर्श दिने ।

९.(कुलमानलाई नचिनेपछि)
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसङको चार वर्षे कार्यकाल सकियो / कुलमानको पुनः नियुक्ति हुनुपर्नेमा नागरिकस्तरबाटै समर्थन/कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने तयारी ।

१०.(बोलेको पुगोस्)
विदेशमा अलपत्र सबै नेपालीको एक महिना भित्र उद्दार गरिसक्ने र त्यसका लागि उडान संख्या थप्ने श्रममन्त्री रामेश्वर राय यादवको भनाई /पहिलो प्राथमिकतामा कम्पनी बन्द हुन लागेका श्रमिक र र रोजगारी गुमाएर बेखर्ची भई बसेकालाई ल्याइने तयारी ।

११.(देउवामा आशा)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्ने /लामो समय देखि चीन तर्फको नाकामा मालबस्तु रोकिएको भन्दै सामान भित्र्याउन पहल गरिदिन व्यवसायीहरुको अनुरोध ।

१२.(कित्ताकाटको किचलो)
जग्गाको कित्ताकाट गर्नेसम्बन्धी गरेका पूर्वनिर्णय भूमि व्यवस्था मन्त्रालयद्वारा बदर / अब भूमि सम्बन्धी ऐन तथा नियमावली जारी भएपछि मात्रै नयाँ कित्ताकाट हुने/ भदौ १८ गतेको निर्णयका आधारमा स्थानीय सरकारले कित्ताकाट गर्ने ।

१३.(चिनीको चर्चा)
सरकारी स्वामित्वको खाद्य कम्पनीले खरिद गर्ने चिनी दशैंअघि नआउने/बोलपत्रअनुसार असोज २९ गते खरिदकर्ता छनोट हुने /दशैंमाभन्दा तिहारमा चिनी बढी खपत हुने भएकाले अभावलाई चिर्न चिनी आईसक्ने कम्पनीको दाबी ।

१४.(विश्वको प्रतिक्षा)
अक्सफोर्डले बनाइरहेको खोपको परीक्षणमा सहभागी एक जना विरामी भएपछि रोकिएको परीक्षण पुनः सुरू /अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा खोपको अन्तिम परीक्षण जारी /जापान र रसियामा पनि परीक्षण गर्ने योजना ।

र,

१५.(विश्वको अवस्था)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ९ लाख २५ हजार बढी संक्रमितको मृत्यु /२ करोड ८ लाख बढी उपचारपछि निको भए /कुल संक्रमित हुनेको संख्या २ करोड ८९ लाख बढी पुग्यो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top