दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(कोरोनाको ग्राफ)
आज थप ११ गरी हालसम्म कोरोनाबाट नेपालमा ३ सय ७१ जनाको मृत्यु /आजै १ हजार ४ सय ५९ संक्रमित थपिँदा १ हजार ६२ जना डिस्चार्ज / संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुग्दा ४० हजार ६ सय ३८ जना डिस्चार्ज ।

२.(परीक्षणमा कन्जुस्याईं)
मंगलबारसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७ सय ८० जनाको कोरोना परीक्षण /देशभर १५ हजार ७ सय ७९ जना आइसोलेसनमा रहँदा ७ हजार २ सय ५० क्वारेन्टिनमा /अब लक्षणबिहीन संक्रमितहरुको पीसीआर परीक्षण नहुने ।

Advertisement

३.(विहीबारदेखि सबै सुरु)
लामो दुरीको यातायात, आन्तरिक उडान र होटलपनि असोज १ गतेदेखि नै सञ्चालन गर्न दिने सरकारको निर्णय /साविकको भाडादरमा ५० प्रतिशत बढाएर गाडी भाडा लिन सकिने /संक्रमण बढेको अवस्थामा स्थानीय प्रशासनले निर्णय लिन सक्ने ।

४.(मन्त्री पछि सल्लाहकार)
पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त /मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी मन्त्रिपरिषद् बैठकद्वारा खतिवडालाई सल्लाहकारमा नियुक्त ।

Advertisement

५.(यातायातको तयारी)
असोज १ गतेबाट सञ्चालन हुने सार्वजनिक यातायातका विषयमाप्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र यातायात व्यवसायीहरुबीच छलफल /स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरुको विवरण तयार गर्न आग्रह ।

६.(घट्यो बीमाङ्क रकम)
बीमा समितिले बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि भए बीमाङ्कको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिल अनुसार दिने गरी कोरोना बीमा मापदण्ड संशोधन /भदौ २८ गते सम्मका बीमितमा पुरानै व्यवस्था लागू हुने ।

७.(सुनिदेऊ न सरकार)
कोभिडका कारण केरुङ नाकामा रोकिएका एक हजार भन्दा बढी कन्टेनरलाई नेपाल ल्याउन पहल गरिदिन व्यवसायीले सरकार गुहारे /बैंकको ब्याजदर, घरभाडा र मासिक भ्याट तथा राजश्व तिर्न सक्ने क्षमता समेत नभएकाले समय थप गर्न अनुरोध ।

८.(कुलमानको कदर ?)
नेपाल विद्युत प्राधिकरणमा चार वर्ष नेतृत्व पूरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङको प्राधिकरणले गर्यो विदाई/सबैको सामूहिक प्रयासबाट मात्रै लोडसेडिङ हटाउन र प्राधिकरणलाई नाफामा लैजान सफल भएको कुलमानको दाबी ।

९.(अतिक्रमित भूमि पुस्तकमा)
भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत सीमा क्षेत्रका बारेमा विद्यालय तहमा नै पठनपाठन हुने पुस्तक सार्वजनिक /कक्षा ९ देखिका विद्यार्थीलाई सीमा सम्बन्धी जानकारी दिन स्वअध्ययन पुस्तिका तयार ।

१०.(विद्यार्थी राजनीति)
त्रिवि उपकुलपतिसहित पदाधिकारीको राजीनामा माग्दै उपकुलपति कार्यालय अगाडि नेपाल विद्यार्थी संघको प्रदर्शन /त्रिविलाई नेकपाको ब्यारेक, भर्ति केन्द्र बनाएको र विद्यार्थीमाथि झुटा मुद्दा लगाएको आरोप ।

११.(राजदूतको सन्देश)
नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद र संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता /नेपालसँग सहकार्य गर्न पाएकोमा पाकिस्तानी राजदूतद्वारा खुसी व्यक्त ।

१२.(अग्रसरता चाँहियो)
चीनले माग्यो नेपाललाई महामारीमा सघाउन आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची /चिनियाँ राष्ट्रपति सी चिनफिङको गत वर्ष भएको नेपाल भ्रमणका दौरान भएका सहमति सम्झौताहरू कार्यान्वयनका लागि अग्रसर हुनुपर्ने चिनियाँ धारणा ।

१३.(कालोबजारी नहोस्)
भारतमा एक महिनाभित्रमै प्याजको भाउ तीन गुणासम्म महँगो भएको भन्दै भारतद्वारा सबै देशका लागि प्याज निर्यातमा प्रतिबन्ध /भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्न थाल्यो ।

१४.(प्रक्षेपण नै त हो)
इकोनोमिक आउटलुक मार्फत एसियाली मुलुकहरुबारे एडीबीद्वारा आर्थिक वृद्धिको प्रक्षेपण /नेपाल सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको यो वर्ष १.५ प्रतिशत मात्र वृद्धि कायम हुने एडीबीको अनुमान ।

र,

१५.(निको हुनेको लर्काे)
विश्वभर हालसम्म कुल २ करोड ९४ लाख बढी कोरोना संक्रमित मध्ये २ करोड १२ लाख बढी निको भए /९ लाख ३३ हजार बढी संक्रमितको मृत्यु ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top