×

NEPAL TIMES UPDATES

Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026

दिनभरका प्रमुख खबर

८ आश्विन २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(दुःख थप्दै कोरोना)
नेपालमा हालसम्म कोरोना बाट ४ सय ५३ जनाको मृत्यु/आज १ हजार ४ सय ९७ जना संक्रमित थपिँदा संक्रमित हुनेहरुको संख्या ६९ हजार ३ सय १ पुग्यो /निको हुने ५० हजार नाघे ।

Advertisement
Advertisement

२.(भेटियो स्तम्भ)
लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ हिउँ र माटोले पुरिएको अवस्थामा भेटियो /सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्कियो ।

३.(कसरी बोल्यो सरकारले ?)
हुम्लामा नेपाल र चीनबीचको सीमा मिचिएको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको कांग्रेसको आरोप /स्थलगत अध्ययन जारी रहँदै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको दाबी ।

४.(केही आउँछ कि ?)
नेपाल–चीन सीमामा गाडिएका सीमास्तम्भको स्थलगत निरीक्षण गर्न मुगुको र्मारोङ गाउँपालिकाका अध्यक्ष नेतृत्वको टोली सीमातर्फ/टोलीले सीमा क्षेत्रका समस्याबारे चिनियाँ अधिकारी र स्थानीयसँग छलफल गर्ने ।

५.(वर्षाको कहर)
अविरल वर्षापछि स्याङ्जाको छुट्टाछुट्टै दुई ठाउँमा गएको पहिरोमा परी एकै परिवारका नौ जनासहित ज्यान गुमाउनेको संख्या १० पुग्यो /एक जनाको जीवितै उद्धार ।

६.(नरोकिँदो वर्षा)
रुपन्देहीको तिनाउ नदीमा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा कटान सुरु /सतर्क रहन आग्रह /नारायणीमा पानीको सतह खतराभन्दा माथि पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए /शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको अनुमान ।

७.(ई–पासपोर्टमा इन्ट्रेस्ट)
परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागद्वारा विद्युतीय राहदानी छपाईका लागि एक वर्षको अन्तरमै तेस्रोपटक अन्तर्राष्ट्रिय बोलपत्र आह्वान /२० लाख प्रति ई–पासपोर्ट छाप्ने शर्तसहित प्रस्ताव बुझाउने अन्तिम मिति अक्टोबर १४ सम्मलाई तोकियो ।

८.(हुन्छ त सुधार ?)
प्रत्येक अस्पतालहरुमा ‘नन कोभिड’ विरामीहरुको सहज तरीकाले उपचारको व्यवस्था मिलाउन अनुगमन गर्न गठित संसदीय उपसमितिको सुझाव/लकडाउन र निषधाज्ञा भन्दापनि मापदण्डहरु पालना गराउने जनचेतना बढाउने सुझाव ।

९.(केबल व्यवसायीको पीर)
क्लिन फिड लागू हुनुअगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउनुपर्ने केबल व्यवसायीहरुको माग/गैरकानूनी रुपमा प्रसारण भएकाले अमर्यादित व्यापार गर्नुका साथै अर्बौंको राजश्व छलि गरिरहेको आरोप ।

१०.(प्रबद्र्धनको उपाय)
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन मन्त्रालयले हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने /अध्ययन तथा कार्यदलको प्रस्ताव पछि मन्त्रिपरिषदमा पेस गर्ने मन्त्रालयको निर्णय ।

११.(झाडी भित्रको झेल)
‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ खारेज गरी वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न लेखा समितिलाई सिफारिस/कार्यक्रम लागू गरेका जिल्लामा कार्यरत सबै अधिकृतहरु सहित समुदायिक वन उपभोक्ता समूहको सम्पत्ति सुद्दीकरण गर्न निर्देशन ।

१२.(अनि हुन्छ काम)
सडक डिभिजन कार्यालय हेटौंडाले सुरु गर्यो सम्झौता बमोजिमको कार्य सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रकृया /२१ वटा निर्माण व्यवसायीहरुले म्याद समाप्त भएर ताकेता गर्दा पनि कार्य सम्पन्न नगरेकाले कालोसूचीमा राखिने ।

१३.(छिप्दैन कर्तुत)
समयमै मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कारबाहीको बाटो खुल्यो/शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले ठेक्का सम्झौता रद्ध, धरौटी जफत र कालोसूची सिफारिस रोक्न गरेको माग उच्च अदालत पाटनद्वारा अस्वीकार ।

१४.(ग्रेडिङले ल्याएको खुशी)
नेपाल क्रिकेट संघद्वारा महिला क्रिकेटरलाई ग्रेडिङ गरेर १९ महिला खेलाडीलाई /पारिश्रमिक निर्धारणपछि खेलाडी उत्साहित/राष्ट्रिय टिमबाट खेलिरहेका क्रिकेटरहरु सम्झौतामा छुट्दा क्यानको आलोचना ।

र,

Advertisement
Advertisement

१५.(कोरोनाको आकार)
कोरोना महामारीबाट विश्वभर संक्रमित भएका करिब ३ करोड २१ लाख बढी मध्ये हालसम्म २ करोड ३७ लाख बढी निको भए /९ लाख ८२ हजार बढीको मृत्यु ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top