दिनभरका प्रमुख खबर

१.मन्त्रिपरिषद् विस्तार
दुईवटा मन्त्रालयलाई नेतृत्वविहीन छाडेर प्रदेश १का मुख्यमन्त्री शेरधन राईद्वारा चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार/ प्रदेश प्रमुखको उपस्थितिमा नवनियुक्त राज्यमन्त्रीहरुको सपथग्रहण ।

२.भेटिए सभामुख
अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को निर्णय÷ उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधि सभाले सभामुख पाउने बाटो खुल्यो ।

३.दिन्छौ सरकार ?
गोकर्ण रिसोर्टको जग्गा लिज वापत यति कम्पनीले दिए भन्दा ५० करोड बढी तिर्ने भन्दै आफुलाई भाडामा दिन नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीको सरकारलाई चुनौति’/ ५० करोड बढी अनियमितता भएको दाबी ।

Advertisement

४.संचारगृह माथि निशाना
प्रकाशित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनु पर्ने सञ्चारमन्त्री गोकुल बास्कोटाको भनाई /काउन्सिलको हकमा अथाह शक्ति केन्द्र गर्न नहुनेमा जोड ।

५.देउवाको दाउ
मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण रहेकोले कांग्रेसले पूर्ण समर्थन गर्ने सभापति शेरबहादुर देउवाको भनाई/ सत्तारुढ दलभित्रै विवाद भएपनि कांग्रेसले यसको बिरोध नगरेको दाबी ।

Advertisement

६.नेपालीप्रति अविश्वास
जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको र श्रमिकहरुको सुरक्षा कमजोर रहेकोले अध्ययन गर्नुपर्ने संसदीय समितिको ठहर /उद्योगमा नेपाली कामदारको संख्या जम्मा ५८ प्रतिशत मात्रै ।

७ .रविलाई सफाई
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन मुद्धामा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई सफाई/जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलद्धारा सफाई

८.चलमलायो कांग्रेस
सरकारले ल्याएको नेपाल सेवा विधेयक तथा सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्पmत कांग्रेसले ज्ञापन पत्र बुझायो/विधेयक नसच्याए आन्दोलन गर्ने चेतावनी ।

९.खोई ब्यवसायिक वातावरण ?
अहिलेको अवस्थामा राज्यको नीति नियम पालना गरेर व्यवसाय गर्ने अवस्था नरहेको ग्रील तथा स्टील व्यवसायीहरुको भनाई /व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले बजारको व्यवस्था गर्नुपर्नेमा जोड ।

१०.सांसदका कुरा
सिंहदरबारस्थित दिगो विकास समिति र विधायन समितिको सचिवालयमा महिला र पुरुषकालागि ट्वाईलेटको व्यवस्थापन हुन नसकेको राष्ट्रियसभा सदस्य विमला राई पौडेलले असन्तुष्टि/सचिवालयमा प्रशासन, सूचना सम्प्रेषण र व्यस्थापनमा समस्या देखिएको भनाई ।

११. दलदलमा आस्था
अभद्र व्यवहार कसूरमा काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा गायिका आस्था राउतविरुद्ध पक्राउपुर्जी जारी /आरोप पुष्टि भए १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने ।

१२. राजकुमारी नेपालमा
एक हप्ते भ्रमणका लागि नेपाल आएकी बेल्जियमकी राजकुमारी एस्ट्रिड काठमाडौंमा/कैलाली, नवलपरासी र चितवन पुग्ने एस्ट्रिडले कुष्ठरोग सम्बन्धित कार्यक्रममा सहभागीता जनाउने ।

१३. लुम्बिनी गुरुयोजना
लुम्बिनी क्षेत्रको विकासका लागि अब सरकार ‘एक्सन’मा जाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रष्टोक्ति /मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर बृहत्तर लुम्बिनीका रुपमा बिकास गरिने ।

१४. एनआरटिको जित
एपीएफलाई ३–२ ले पराजितगर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको खेलमा न्यु रोड टिम (एनआरटि)को सहज जित / दोस्रो खेलमा फ्रेन्डद्वारा सरस्वती पराजित ।

१६.राजदरबार त्याग
बेलायतका ड्यूक र डचिस अफ ससिक्स राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले अबदेखि शाही उपाधि प्रयोग गर्न नपाउने बकिङ्घम दरबारको घोषणा/यसै वर्षको वसन्तऋतुदेखि निर्णय लागु हुने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top