×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

१२ आश्विन २०७७
NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(संक्रमणको लय)
नेपालमा हालसम्म कोरोनाबाट ४ सय ८१ संक्रमितको मृत्यु/१ हजार ३ सय ५१ जना नयाँ संक्रमित थपिएसंगै संक्रमित हुनेहरुको संख्या ७४ हजार ७ सय ४५ पुग्यो /हालसम्म ५४ हजार ६ सय ४० जना डिस्चार्ज ।

Advertisement
Advertisement

२.(तेजाबविरुद्ध कानुन)
तेजाब आक्रमणका दोषीहरुलाई कडा कारवाही गर्न सरकारद्वारा अध्यादेश जारी /आक्रमणकारीले २० वर्ष सजाय तोकिएकोमा २० वर्ष नै सजाय काट्नुपर्ने /तेजाब विक्रीका लागि अनिर्वाय लाइसेन्स ।

३.(हुन्छ त मृत्युदण्ड ?)
संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्न महिला सांसदहरुको माग /अध्ययन तथा सुझाव दिनका लागि ९ सदस्सीय कार्यदल गठन ।

४.(साँचै हो ?)
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थाहरुलाई नियमन गर्न समाज कल्याण परिषदलाई सांसदहरुको आग्रह/समुदाय लक्षित काम गर्नुको सट्टा आइएनजीओहरुले नगद रकम दिएर धर्म परिवर्तनको काम गरिरहेको आरोप ।

५.(दूरगामी निर्णय)
समाज कल्याण परिषदलाई स्थापना कालदेखि अहिलेसम्म गैर सरकारी संस्थाका सालगत बजेट विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन / देशभरी ५० हजार संघ संस्थाहरु दर्तामा रहेको पाइएकोमा नेपालको सन्दर्भमा यतिको संख्या आवश्यक रहे, नरहेको सार्वजनिक गर्न निर्देशन ।

६.(कहिले खुल्छ टिकट ?)
असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागको प्रस्ताव / ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान/सरकारको प्रस्तावमा यातायात व्यवसायीहरुको असहमति ।

७.(ढिलै भए नि उत्तम)
थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा औषधि व्यवस्था विभागले लगायो रोक /विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएपछि १८ प्रकारका ह्यान्ड स्यानिटाइजरमा प्रतिबन्ध ।

.(विद्यार्थीको सरोकार)
हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको दाबीसहित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ परेका नेविसंघका कार्यकताहरुलाई रिहाइ गर्न नेविसंघको माग /सीमा क्षेत्रको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग ।

९.(किसानको श्राप लाग्ला)
रौतहटमा रहेको श्रीराम सुगर मिलको सञ्चालन र बक्यौता भुक्तानीको मागसहित गौर–चन्द्रनिगाहपुर सडक खण्ड बन्द गर्दै उखु किसान आन्दोलनमा उत्रिए /उखुको भुक्तानीमा आलटाल गर्दै आएको मिल बन्द भएपछि किसान समस्यामा ।

१०.(विमानस्थलको तयारी)
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सुविधा सरकारले तत्कालका लागि नेपाल एयरलाइन्सलाई दिने/महामारीपछि तत्काल निजी पार्टी आउने सम्भावना नरहेको र कम्पनीसँग सेवाको लामो अनुभव, दक्ष कर्मचारी र उपकरण समेत रहेका कारण सेवा बिस्तारमा समस्या नहुने ।

११.(उद्धारको गुहार)
विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न एनआरएनएको सरकारसँग आग्रह / नेपालमा हुने हवाई उडानको सङ्ख्या वृद्धि गर्नसमेत अनुरोध ।

१२.(सुपथ नै हुन्छ कि ?)
असोज १५ गतेदेखि मङ्सिर ७ गतेसम्म दशैं लक्षित सहुलियत पसल सञ्चालन गरिने /उपत्यका भित्र रहेका बिक्री काउन्टरमा नै कम्पनीले पसल सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत सञ्चालन गर्ने तयारी ।

१३.(सस्तो प्याज)
बजार अनुगमनका क्रममा जफत गरेको एक सय ४६ क्विन्टल प्याजमध्ये सरकारद्वारा तीन दिनमा ४६ क्विन्टल प्याज बिक्री /किलोको ६० रुपैयाँमा पाइने भएपछि खाद्य व्यवस्थामा उपभोक्ताको लामो लाइन /प्रतिव्यक्ति ३ केजीसम्म मात्रै लिन पाइने ।

१४.(प्याराग्लाइडिङ उड्दै)
कोरोना महामारीका कारण विगत ७ महिनादेखि बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने / पूरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने ।

र,

Advertisement
Advertisement

१५.(यस्तो छ विश्व)
कोरोनाबाट हालसम्म विश्वभर १० लाख बढी संक्रमितको मृत्यु /३ करोड ३३ लाख बढी संक्रमित हुँदा २ करोड ४६ लाख बढी डिस्चार्ज भए ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top