दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(फैलिदै संक्रमण)
नेपालमा हालसम्म ५ सय ७८ जना कोरोना संक्रमितको मृत्यु /आजै हालसम्मकै उच्च ३४ सय ३९ संक्रमित थपिँदा ११ सय २६ जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो ।

२.(भनेको मानौं)
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारद्वारा अपिल /सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै दशैं तिहार जस्ता पर्वमा काठमाडौं छाडेर जाने–आउने नगर्न आग्रह ।

३.(परीक्षाको अनुमति)
सबै शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सरकारको अनुमति /२५ जनाभन्दा कम मानिस सहभागी गराएर छोटो समयका लागि तालिम पनि लिन सक्ने ।

४.(प्रतिपक्षीको प्रहार)
अनशनरत चिकित्सक डा. गोविन्द केसीसँग छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता टोलीसम्म गठन नगरेर बालहठ देखाएको कांग्रेसको आरोप /२३ दिनदेखि अनसनरत केसीका माग पूरा गर्न ढिलाइ गरेमा गम्भीर भूल हुने चेतावनी ।

५.(मानवअधिकारले जो देख्यो)
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको भन्दै यसअघिका सम्झौताहरु कार्यान्वयनको स्थिति सार्वजनिक गर्न मानव अधिकार आयोगको निर्देशन /आयोगको अनुगमनमा डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकारले चासोका साथ नहेरेको देखियो ।

६.(सर्वाेच्चको नजर)
तनहुँ जिल्लाको भानु नगरपालिकाको केन्द्र अहिले कायम रहेको स्थानबाट तत्काल अन्यत्र नसार्न सर्वोच्च अदालतको अन्तरिम आदेश /अहिले कायम रहेको वडा नम्बर २ बाट अन्यत्र सार्ने चलखेल भएको भन्दै परेको रिटमाथि सुनुवाई गर्दै नसार्न सर्वोच्चको निर्देशन ।

७.(राप्रपालाई बैधानिकता)
पार्टी एकीकरण गरेको लामो समयपछि राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले दियो वैधानिकता /अब राप्रपाको झण्डामा ‘गाई’ र चुनाव चिन्ह ‘हलो’ रहने ।

८.(खुल्दैछन् मन्दिर)
आगामी कात्तिक १ गतेदेखि नेपालभरका धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुला गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने पर्यटनमन्त्री योगेशकुमार भट्टराईको भनाई /१ गतेदेखि विराटनगरबाट पूर्वी पहाडका क्षेत्रहरुमा नेपाल एअरलाइन्सले उडान सुरु गर्ने ।

९.(कार्यान्वयन कहिले ?)
सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे रणनीतिक योजना तयार गरी राष्ट्रिय सहकारी विकास बोर्डद्वारा मन्त्रालयमा पेश /सहकारी संस्थाको विद्यमान अवस्था, सहकारीका सवल पक्ष तथा सम्भावनाहरु समावेस गरेर रणनीति तयार ।

१०.(उजुरी छन् कि ?)
अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रकृया सुरु / प्रस्तावित राजदूतहरु विरुद्ध संसदीय समितिद्वारा १० दिने उजुरी आह्वान ।

११.(गुरुयोजनाविरुद्ध मानवसाङ्लो)
पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाद्वारा विरोध स्वरुप विकास कोषको कार्यालयलाई मानवसाङ्लो बनाई घेराउ /परापूर्वकालदेखिको वस्ती मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरि गुरुयोजना ल्याइएको भन्दै खारेज गर्न माग ।

१२.(हिमाल मोह)
मनास्लु हिमाल आरोहणका लागि आएका बहराइनमा राजकुमार खलिफासहितको टोली आधारशिविर तर्फ लाग्यो /लोबुचे हिमाल आरोहण गरिसकेको टोली स्थानीयको स्वागतपछि हर्षित ।

१३.(कहाँ गए उपभोक्ता ?)
चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्र सुनसान /कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारिक क्षेत्र सुनसान हुदा यसको असर समग्र अर्थतन्त्रमा समेत पर्नसक्ने ।

१४.(रियालाई राहत)
लागूऔषध मुद्दाको अनुसन्धानका लागि एक महिनादेखि न्यायिक हिरासतमा रहेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीसहित दिपेश सावन्त र स्यामुएल मिरान्डलाई जमानतमा रिहा गर्न उच्च अदालतको आदेश / रियाका भाइको जमानत भने खारेज ।

र,

१५.(विश्वलाई नियाल्दा)
विश्वभर हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या ३ करोड ६० लाख बढी पुग्दा २ करोड ७१ लाख बढी उपचारपछि निको भए /अहिलेसम्म १० लाख ५५ हजार बढीको मृत्यु ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top