दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(देशमा आज)
हालसम्म कोरोनाबाट नेपालमा ८ सय ८७ संक्रमितको मृत्यु /आज १ हजार ९५४ संक्रमित थपिदा २ हजार ९८१ जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ पुग्यो ।

२.(बैठकलाई बहाना)
सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक एक महिना पछि बस्ने / महाधिवेशनको तयारीका लागि कार्तिक १५ गतेका लागि तय भएको बैठक कोरोनाको संक्रमण र अन्य तयारी पूरा नभएकाले मंसिर १५ गतेसम्मका लागि स्थगित ।

Advertisement

३.(टीकालाई निरन्तरता)
बडादशैंको टीकाको तेस्रो दिन आज बुधबार पनि मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी /टाढा–टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जानेक्रम कोजाग्रत पूर्णिमाको दिनसम्मै जारी रहने भएपनि यस वर्ष कमी ।

४.(बुढीगण्डकीमा विलम्ब)
बुढीगण्डकी जलविद्युत आयोजनामा मुआब्जा वितरणको काम गर्दै आएको कार्यालयको म्याद सकिएपछि फेरि एक वर्ष थप्ने तयारी / राष्ट्रिय गौरवको आयोजनामा मुआब्जा वितरणमै वर्षौं लगाइरहनु उचित नहुने राष्ट्रिय सरोकार समितिको भनाई ।

Advertisement

५.(कस्तो मानवअधिकार ?)
मानव अधिकारकर्मी सुशील प्याकुरेलमाथि मानव अधिकार उल्लंघनको गम्भीर आरोप / प्याकुरेलकै नेतृत्वमा २०३६ सालमा मानव अधिकार उल्लंघनको नेतृत्व गरेको भन्दै दिएको उजुरी अझै तामेलीमा/ गणेशमान सिंहलगायका माथि प्याकुरेलको नेतृत्वमा आक्रमण भएको उल्लेख ।

६.(प्रहरीमाथि प्रश्न)
पर्सामा नेकपाका कार्यकर्ताबीच ६ दिनअघि भएको झडपमा मृत्यु भएका मुकेश चौरसियाको अझै पोष्टमार्टम हुन सकेन /बाह्रै जना आक्रमणकारीविरुद्ध जाहेरी दर्ता नहुन्जेल शव पोस्टमार्टम हुन नदिने पर्सा नेकपाको भनाई ।

७.(युवाको अवस्था)
तुलसीपुरका कुमार विकको खुट्टा छिनालिएको घटनाको अनुसन्धानका लागि ३३ जना युवा प्रहरीको नियन्त्रणमा /अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर रहेका विकलाई थप उपचारका लागि भारतको लखनउ लगियो ।

८.(श्रम खेर नजाओस्)
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाका एक नगरपालिकासहित आठ स्थानीय तहमा १५ हजार २ सय ५१ बेरोजगार सूचीकृत /सूचीकृत बेरोजगारलाई प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनका काममा लगाइने ।

९.(फालाफाल विजुली)
दशैंका कारण दैनिक ३ करोडको बिजुली खेर जाँदै / बिहार सरकारले पनि बिजुली लिन चासो देखाएन / खेर गइरहेको बिजुलीका कारण प्राधिकरण चिन्तित/ अबको करिब एक महिना बिजुलीको मागरखपत घट्ने निश्चित ।

१०.(कृषि क्रान्ति)
कृषकले धान बिक्री गरेको १५ दिनभित्रै अब रकम भुक्तानी पाउने/किसानसंग धान किन्ने सहकारीले अब सरकारबाट प्रतिक्वीन्टल १ सय १२ रुपैयाँ अनुदान पाउने / किनेको धानको परिमाण र किसानलाई पैसा पठाएको विवरण सम्बन्धित कृषि कार्यालयमा बुझाएपछि अनुदान जम्मा गरिदिने ।

११.(खुल्यो तातोपानी)
कोरोनाका कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा / नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनियाँले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्ने गरी तयारी पूरा ।

१२.(फेवातालको व्यवस्थापन)
सर्वोच्च अदालतको फैसलापछि संघीय सरकारको निर्देशनमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा फेवा तालको पुनः सिमाङ्कन हुने / चार किल्ला निर्धारण सिमाङकन तथा नक्साङ्कन समिति गठन ।

१३.(गर्जियो चीन)
भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति चीनद्वारा कडा शब्दमा आलोचना /भारत र चीनको बीचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी ।

१४.(अपमान असह्य)
इस्लाम धर्मगुरुको अपमान गरिएको भन्दै पाकिस्तान, बंगलादेश, प्यालेस्टाइन, सिरिया इजिप्ट लगायतका अरव तथा इस्लाम धर्म बाहुल्य देशहरुमा व्यापक विरोध प्रदर्शन /फ्रान्सलाई धर्मविरुद्ध गतिविधिमा कडाइ गर्न इस्लाम धर्म समर्थकहरुको दबाब ।

र,

१५.(यस्तो छ विश्व)
विश्वमा हालसम्म ११ लाख ७३ हजार बढी कोरोना संक्रमितको मृत्यु / ४ करोड ४३ लाख बढी संक्रमित हुँदा ३ करोड २४ लाख बढी उपचारपछि निको भएर घर फर्किए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top