दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(कोरोनाको आहत)
हालसम्म नेपालमा कोरोनाबाट ९ सय ४ जनाको मृत्यु /आज २३ सय ६४ संक्रमित थपिँदा ३ हजार ३८ जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ पुग्यो ।

२.(कांग्रेसको चटारो)
आगामी १४औं महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्ने /फागुन ७ मा महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा पनि छलफल हुने ।

Advertisement

३.(किन कुटिए नेपाली ?)
भारत देहरादुनमा कुटिएका विद्यार्थीलाई तत्काल उद्धार गर्न नेपाली कांग्रेसको सरकारलाई आग्रह /विद्यार्थी कुटिएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने र आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सतर्कता अपनाउन सरकारलाई सुझाव ।

४.(बाध्यता कि बहाना ?)
सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखियो /दशैं मनाएर फर्किएका कर्मचारी क्वारेन्टाइनमा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्ने बारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा कर्मचारीमा अन्योल ।

Advertisement

५.(खोई सुरक्षा ?)
जनकपुरको धान खेतमा फालिएको अवस्थामा तीन सय थान स्मार्ट सवारी चालक अनुमतिपत्र फेला/ यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न उब्जियो ।

६.(बल्ल भयो दर्ता)
पर्सा, विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न मुख्य तीन आरोपी अझै फरार/पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता ।

७.(अल्पकालीन रोजगारी)
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा एक सय जना दर्ता अपरेटरका लागि कर्मचारीको दर्खास्त आह्वान /दिनको १२ सयका दरले पारिश्रमिक उपलब्ध गराइने /इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्ने ।

८.(गरिबको परिचय के ?)
आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने तयारी/गरिब तथा विपन्न वर्गको तथ्याङ्क नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाई ।

९.(कारण के हाला ?)
कैलालीबाट पक्राउ परेका दिपक ओझालाई रिहाइ गर्न नेविसंघको माग /बिना कसुर सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनमार्फत् नेविसंघ नेताहरूलाई पक्राउ र यातना दिइनु सरकारको निन्दनीय रबैया भएको नेविसंघको आरोप ।

१०.(पत्रकारका कुरा)
कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न नेपाल पत्रकार महासंघको सरकारसँग माग/सञ्चार गृहहरुलाई ऋण र ऐन कार्यान्वनयन नगर्ने सञ्चारगृहलाई सहुलियत र विज्ञापन उपलब्ध नगराउन आग्रह ।

११.(कानुन पालना गर्दा)
भन्सार छलि ल्याएको सामान नियन्त्रणमा लिएपछि प्रहरी र स्थानीय बीच झडप हुँदा बारामा तीन प्रहरीसहित एक बालक घाइते /टाउकोमा गोली लागेका बालकको वीरगन्जमा उपचार हुँदै / प्रहरीद्वारा १२ राउण्ड हवाई फायर ।

१२.(मर्का किसानलाई नै)
सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा धन विक्री गर्न बाध्य /तीन वटै तहका सरकारी निकायहरु जिम्मेवार नबन्दा समयमै धान खरिद हुन नसकेकोले व्यापारीहरुले फाइदा लिने मौका पाएको गुनासो ।

१३.(ऋणको बोझ)
कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने/प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न एशियाली विकास बैंकले पनि एक करोड ४७ लाख अनुदान दिने ।

१४.(अभ्यासमा खेलाडी)
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु / दुई मैत्रीपूर्ण खेलमा पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुने/ दोस्रो मैत्रीपूर्ण खेल आउँदो मङ्सिर २ गते हुने ।

र,

१५.(कोरोनाको ग्राफ)
हालसम्म विश्वमा रहेका ४ करोड ४८ लाख बढी कोरोना संक्रमितमध्ये ३ करोड २७ लाख बढी निको भएर घर फर्किए /११ लाख ८० हजार बढी संक्रमितको मृत्यु ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top