दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(कोरोनाको भय)
नेपालमा २४ घण्टामा थप २२ सहित हालसम्म ११ सय ४८ जना संक्रमितको मृत्यु /आज मात्र थपिए २ हजार ७३६ संक्रमित /सक्रिय संक्रमितको संखया ३८ हजार ३५ पुग्यो ।

२.(तात्यो है सरकार)
आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय/कोरोनाविरुद्धको खोप समयमै आपूर्ति गर्न सचिवस्तरको तीन सदस्यीय समिति गठन ।

Advertisement

३.(विद्यामा छैन कर)
जुनसुकै पुस्तक आयातमा १० प्रतिशतका दरले लगाइएको भन्सार महसुल हटाइयो /पुस्तक आयात गर्दा भन्सार महसुल नलाग्ने /गत वर्षबाट एमआरपीमै १० प्रतिशतका दरले भन्सार महसुल लगाइएपछि पुस्तक आयातमा कमी ।

४.(पिएम जाने किमाथाङ्का)
प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको सीमावर्ती क्षेत्र संखुवासभाको किमाथाङ्का जाने /कोशी करिडोर लगायतका विकास आयोजना निरीक्षण गर्न त्यसतर्फ बुधबार प्रस्थान गर्ने तयारी ।

Advertisement

५.(नेकपाको गाँठो)
नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित पाँच सचिवालय सदस्य धुम्बाराहीमा भेला/बिहीबार सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाइ प्रस्ताव/ ओलीले बैठक नबोलाए आफैंले बैठक बोलाउने प्रचण्डको तयारी ।

६.(किन आएन बजेट ?)
आर्थिक वर्ष २०७७/७८ सुरु भएको चौंथो महिना सकिने समय बित्दासमेत अझै ३५ स्थानीय तहले बजेट ल्याएनन् /१० असारभित्रै बजेट ल्याउन ढिलाइ गरेका ३५ स्थानीय सरकारसँग संघीय सरकारले सोध्यो स्पष्टीकरण ।

७.(सुध्रेला त सम्वन्ध ?)
सीमा विवादका कारण नेपाल र भारतबीचएक वर्षदेखिको ‘औपचारिक संवादहीनता’ लाई अन्त्य गर्न भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने /भ्रमणको मिति तय नभएपनि सम्बन्ध सुधारका लागि दिल्लीले प्रयास थालेको विश्लेषण ।

८.(के होला परिमार्जन ?)
ढुंगा, बालुवा र गिटी उत्खनन् विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ परिमार्जन गरिने /१५ दिन भित्र मापदण्ड परिमार्जन गर्न संघीय मामिला मन्त्रालयलाई गृह, उर्जा, उद्योग, बन मन्त्रीसहितको संयुक्त बैठकको निर्देशन ।

९.(पैंचो नपाएपछि खरिद)
बंगलादेशले पैंचो मल नदिने भएपछि खरिद नै गरेर ल्याइने /बंगलादेशबाट ‘जीटुजी’ प्रक्रियाबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय /मल खरिद विवादमा पर्न नदिने मन्त्री घनश्याम भुसालको भनाई ।

१०.(मेलम्चीको कथा)
मङ्सिर दोस्रो सातादेखि मेलम्चीको पानी अस्थायी डाइभर्सनबाट सुरुङमा दोस्रो पटक पथान्तरण गरिने /सुरुङको पानी सुन्दरीजलमा आइपुग्न दुई महिना लाग्ने /सुरुङमा चारवटा गेटको फ्रेम परिवर्तन गरी जडानको काम जारी ।

११.(झिलीमिली नबनाउने हो ?)
यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने व्यापारीहरुको अनुमान/तिहार आउन केही दिनमात्रै बाँकी रहेपनि बजारमा व्यापार नभएपछि व्यवसायीहरु भने निराश ।

१२. (कीर्तिमानी त्रिशुल)
भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्व कै अग्लो त्रिशुल स्थापना हुने /कुल २ करोड ७० लाख रुपैयाँ लागतमा तयार हुने त्रिशुलको त्रिशुलको शिलान्यास आगामी मंसिर २२ गते भएर करिब ९ महिनामा निमार्ण सम्पन्न हुने ।

१३.(अस्तव्यस्त खेल)
नेपालमा अझै सहज बन्न नसकेको खेलकुद क्षेत्रका लागि अझै विकल्प सोचिएन /तय भएका खेलकुद तालिका पनि प्रभावित/कोरोनाले वर्ष भरिको तालिका प्रभावित गराउँदा खेलाडी देखि पदाधिकारीमा नैराश्यता ।

१४.(आयो कोरोना खोप)
फाइजर र बायोएनटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपमा नयाँ सफलता हात परेको बेलायतका खोप उत्पादनकर्ताहरुको दाबी/यसै महिनाको अन्त्यसम्म आकस्मिक अनुमतिको तयारी/ विश्वमै कोरोनाबाट उन्मुक्ति पाउने विश्वास ।

र,

१५.(विश्वमा आज)
कोरोना महामारीबाट हालसम्म विश्वमा १२ लाख ७१ हजार बढीको मृत्यु /५ करोड १३ लाख बढी संक्रमित हुँदा ३ करोड ६१ लाख बढी संक्रमण मुक्त /हाल १ करोड ३९ लाख बढी सक्रिय संक्रमित ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top