दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(पत्रयुद्धको निधान)
पत्रयुद्ध गरेर एकअर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएका नेकपाका नेताहरु सचिवालय बैठक अघि आ–आफ्नो रणनीति बनाउदै/ प्रस्ताव स्थायी कमिटीमा लैजाने प्रचण्ड तयार रहदा ओलीपक्ष प्रस्ताव फिर्ता वा संशोधनसहित साझा प्रस्ताव बनाउने रणनीतिमा ।

२.(टिकटकको मोह जोगेपछि….)
चीनको टिकटकको बढ्दो लोकप्रियताकै कारण भारत र अमेरिकामा बन्द गरिदा नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा टिकटक अकाउण्ट खोलियो/प्रधानमन्त्रीको टिकटक अकाउन्ट भेरिफाइड ।

Advertisement

३.(राजाको मोह किन ?)
राजतन्त्र पुर्नस्थापनाको माग गर्दै केहिदिन यता देशका विभिन्न भागमा गतिविधिहरु बढ्दै/त्यस्ता गतिविधिमा सहभागी नहुन सरकारको अपिल गरेको भोलिपल्टै काठमाडौंको माइतीघरमा राजसंस्थाको समर्थनमा प्रदर्शन ।

४.(खेलाची नगरौं)
देशभर पछिल्लो २४ घण्टामा थप २९ सहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो /आजै १४ सय ७४ संक्रमित थपिँदा १९ सय ३१ जना डिस्चार्ज/सक्रिय संक्रमित १७ हजार ४ सय २३ पुगे ।

Advertisement

५.(स्वास्थ्य क्रान्ति)
देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि आज एकैदिन अस्पताल भवनको शिलान्यास /३ सय ९६ स्थानीय तहमा एक साथ ५ शैया, १० शैया र १५ शैयाका पालिका स्तरका आधारभूत अस्पतालहरुको शिलान्यास ।

६.(अब चाहियो नेतृत्व)
युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको ऊर्जामन्त्री वर्षमान पुनको भनाई/नेतृत्व युवालाई हस्तान्तरण गर्ने कुरा आवेग र उत्तेजनामा घोषणा गर्ने विषय नभएकाले दुवै अध्यक्षले सहमतिमा निर्णय गर्नुपर्ने उल्लेख ।

७.(भ्रमण यस्तो हो)
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको आग्रह /छिमेकीहरुसँग नेपालको सम्वन्ध जहिलेपनि स्वतन्त्र हुने उल्लेख गर्दै त्यसलाई तेस्रो मुलुकसँग जोडेर गल्ति नगर्न आग्रह ।

८.(कसरी गर्ने काम ?)
मानवअधिकारको रक्षा गर्न माग गर्दे उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले बुझाए मानवअधिकार आयोगमा ज्ञापनपत्र /सडक विस्तारका नाममा घर भत्काउने र विदाको समयमा पनि डोजर चलाएर समुदायमा आतंक सिर्जना गरेको आरोप ।

९.(प्रभावहीन शिक्षा)
कोभिड १९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको प्रतिवेदन सार्वजनिक/ सिकाइ प्रभावकारी नहुँदा शिक्षामा दीर्घकालीन असर पर्न सक्ने विज्ञहरुको भनाइ ।

१०.(बहाना नचल्ने)
श्रम स्वीकृति लिएर मात्र हवाई टिकट काट्न श्रमिकहरुलाई वैदेशिक रोजगार कार्यालयको आग्रह /अब ‘आज मेरो फ्लाइट छ’ भन्दै श्रम स्वीकृति लिन आउनेहरुको कुनै पनि बहानामा टोकन अगाडि नसार्ने

११.(पर्यटनको आशा)
सन् २०२२ मा नेपालमा पर्यटकको संख्या निकै बढ्ने पर्यटन मन्त्री योगेशकुमार भट्टराईको भनाई /नेपालीमा मध्यम र माथिल्लो वर्गको महत्वपूर्ण हिस्सा परिवारसहित घुम्न जाने प्रचलन स्थापित भएको उल्लेख ।

१२.(किन भएन खर्च ?)
बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न विषयगत मन्त्रालयहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निर्देशन/सुदूरपश्चिममा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ दशमलव २९ प्रतिशत मात्र खर्च ।

१३.(बैंक चोरी प्रकरण)
कृषि विकास बैंकबाट रकम चोरी गरिएको प्रकरणमा फरार रहेका रुविभ्याल्ली गाउँपालिकाका खम्ब घले पक्राउ /करिब ५ करोड रुपैयाँ रकम चोरिएको प्रकरणमा उनले समेत पैसा निकालेको प्रहरीको भनाई ।

१४.(नाइजेरियामा नरसंहार)
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कम्तीमा ११० निर्दोष किसानको बर्बर हत्या भएको संयुक्त राष्ट्रसंघको भनाई/ठूलो संख्यामा महिलाहरुको अपहरण भएको अनुमान/बोको हरामले आक्रमण गरेको हुन सक्ने आशंका ।

र,

१५.(विश्वको कोरोना)
विश्वमा हालसम्म १४ लाख ६६ हजार बढी कोरोना संक्रमितको मृत्यु /६ करोड ३१ लाख बढीमा संक्रमण पुष्टि हुँदा ४ करोड ३६ लाख बढी संक्रमण मुक्त ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top