दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(विघटनको प्रतिफल)
प्रतिनिधि सभा विघटन भएसँगै ३८ विधेयकहरु निस्क्रिय /निकै समय, श्रम र खर्च लगाएर तयार पारिएका विधेयकहरु निस्क्रिय हुँदा राज्यमा ब्ययभार बढ्नुका साथै कानून बन्नपनि ढिलाई हुने निश्चित ।

२.(विघटनका लिखित कारण)
अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्दै विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाद्वारा सर्वोच्चलाई जवाफ पेश /राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले पनि संसद विघटन गर्नुको कारण सर्वोच्चमा पठाए ।

Advertisement

३.(सुर्यको लफडा)
संसद विघटनसँगै विभाजित सत्तारुढ नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठायो /प्रचण्डलाई सात दिने म्याद दिदा केपी ओलीलाई भने जानकारी मात्र दिइयो ।

४.(अब सम्मान गर्नुस्)
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरु बिरुद्ध कारबाही गर्न अखिल नेपाल महिला संघद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र / छानविन गरी कारबाही गर्न गृहमन्त्रीको निर्देशन ।

५.(चुनावको रटान)
कुनै हालतमा संसद पुनरस्थापना नहुने भन्दै वैशाखमा घोषित मध्यावधि चुनाव नरोकिने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी /कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर फिजाएको भ्रममा नपर्न पनि आग्रह ।

६.(प्रचारमैत्री विरोध)
चौतर्फी दबाबपछि नेपाली काग्रेसद्धारा संसद् विघटनको विरोधमा आन्दोलनको घोषणा /पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र ,माघ ३ गते नगर र गाउँपालिका तथा माघ ८ गते वडास्तरमा विरोध प्रदर्शन गर्ने लगायतका कार्यक्रम घोषणा ।

७।९कसले निभाउने आगो ?)
नेकपाको विवादले गणतन्त्र खतरामा परेको डाक्टर बाबुराम भट्टराईको भनाई / जिन्दगीभरको मेहनतले बनाएको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’को घरमा आगो लागेको र केही व्यक्ति आगो निभाउनुको सट्टा खरानीको लागि दौडिरहेको भन्दै आगो निभाउन सुझाव ।

८.(एमसीसीको ताकेता)
एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाको जोड/सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने नेपालस्थित अमेरिकी दूतावासको तर्क/ ५५ अर्ब अनुदानको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने ।

९.(लोभले लाभ, लाभले….)
नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना त्रिभुवन विमानस्थलबाट पक्राउ /जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि दुबई जान लागेकाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई ।

१०.(सक्रिय घट्दै)
नेपालमा आज ४ सय २१ नयाँ संक्रमित थपिँदा ६ सय ३७ डिस्चार्ज /थप ८ जनाको मृत्युसंगै हालसम्म १ हजार ८७८ संक्रमितको मृत्यु /सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ मा झर्यो ।

११.(११ घण्टा लोडसेडिङ)
साना जलविद्युत आयोजनाको पानी सुक्न थालेपछि हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ /लामो लोडसेडिङका कारण सिमकोटबासीको दैनिकी प्रभावित हुँदा एसईई तयारीमा रहेका विद्यार्थीहरु समस्यामा ।

१२.(महाकालीमा भारतीय जाल)
महाकालीको बाढीपूर्वको नेपाली भूभागमा भारतले नदी नै पुर्ने गरी तटबन्ध बनाउँदै /दार्चुला प्रशासनले निर्माण कार्य रोक्न भारतको धारचुलाका अधिकारीलाई पुस २ गते पत्राचार गरेपनि निर्माण निरन्तर जारी ।

१३.(खुल्यो साउदी)
साउदी अरेबियाले दुईहप्तादेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान आज आइतबारदेखि खोल्यो /कोरोनाको नयाँ स्वरुप देखिएका देशबाट आएका नागरिकहरुले दुई हप्ता क्वारेन्टिनमा बस्नुपर्ने /अन्य देशबाट आएका यात्रुलाई भने पीसीआर र सात दिन होम क्वरेण्टीन अनिवार्य ।

१४.(प्रदेश १ लाई उपाधि)
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १को पोल्टामा /दाङको लमहीमा सम्पन्न फाइलनमा सशस्त्र प्रहरीको एपीएफ क्लब प्रदेश १ संग ६ रनले पराजित ।

र,

१५.(भारतीयलाई खोप)
भारत सरकारद्वारा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ र भारतको ‘कोभ्याक्सिन’ कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति/भारतमा पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिइने ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top