NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

आइतवार पुस १९ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
दिनभरका प्रमुख खबर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(विघटनको प्रतिफल)
प्रतिनिधि सभा विघटन भएसँगै ३८ विधेयकहरु निस्क्रिय /निकै समय, श्रम र खर्च लगाएर तयार पारिएका विधेयकहरु निस्क्रिय हुँदा राज्यमा ब्ययभार बढ्नुका साथै कानून बन्नपनि ढिलाई हुने निश्चित ।

२.(विघटनका लिखित कारण)
अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्दै विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाद्वारा सर्वोच्चलाई जवाफ पेश /राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले पनि संसद विघटन गर्नुको कारण सर्वोच्चमा पठाए ।

Advertisement

३.(सुर्यको लफडा)
संसद विघटनसँगै विभाजित सत्तारुढ नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठायो /प्रचण्डलाई सात दिने म्याद दिदा केपी ओलीलाई भने जानकारी मात्र दिइयो ।

४.(अब सम्मान गर्नुस्)
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरु बिरुद्ध कारबाही गर्न अखिल नेपाल महिला संघद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र / छानविन गरी कारबाही गर्न गृहमन्त्रीको निर्देशन ।

५.(चुनावको रटान)
कुनै हालतमा संसद पुनरस्थापना नहुने भन्दै वैशाखमा घोषित मध्यावधि चुनाव नरोकिने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी /कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर फिजाएको भ्रममा नपर्न पनि आग्रह ।

६.(प्रचारमैत्री विरोध)
चौतर्फी दबाबपछि नेपाली काग्रेसद्धारा संसद् विघटनको विरोधमा आन्दोलनको घोषणा /पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र ,माघ ३ गते नगर र गाउँपालिका तथा माघ ८ गते वडास्तरमा विरोध प्रदर्शन गर्ने लगायतका कार्यक्रम घोषणा ।

७।९कसले निभाउने आगो ?)
नेकपाको विवादले गणतन्त्र खतरामा परेको डाक्टर बाबुराम भट्टराईको भनाई / जिन्दगीभरको मेहनतले बनाएको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’को घरमा आगो लागेको र केही व्यक्ति आगो निभाउनुको सट्टा खरानीको लागि दौडिरहेको भन्दै आगो निभाउन सुझाव ।

८.(एमसीसीको ताकेता)
एमसीसीसँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाको जोड/सम्झौता अनुमोदन पछाडि सर्दा नेपाली जनताले पाउने फाइदामा ढिलाइ हुने नेपालस्थित अमेरिकी दूतावासको तर्क/ ५५ अर्ब अनुदानको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने ।

९.(लोभले लाभ, लाभले….)
नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना त्रिभुवन विमानस्थलबाट पक्राउ /जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि दुबई जान लागेकाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई ।

१०.(सक्रिय घट्दै)
नेपालमा आज ४ सय २१ नयाँ संक्रमित थपिँदा ६ सय ३७ डिस्चार्ज /थप ८ जनाको मृत्युसंगै हालसम्म १ हजार ८७८ संक्रमितको मृत्यु /सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ मा झर्यो ।

११.(११ घण्टा लोडसेडिङ)
साना जलविद्युत आयोजनाको पानी सुक्न थालेपछि हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ /लामो लोडसेडिङका कारण सिमकोटबासीको दैनिकी प्रभावित हुँदा एसईई तयारीमा रहेका विद्यार्थीहरु समस्यामा ।

१२.(महाकालीमा भारतीय जाल)
महाकालीको बाढीपूर्वको नेपाली भूभागमा भारतले नदी नै पुर्ने गरी तटबन्ध बनाउँदै /दार्चुला प्रशासनले निर्माण कार्य रोक्न भारतको धारचुलाका अधिकारीलाई पुस २ गते पत्राचार गरेपनि निर्माण निरन्तर जारी ।

१३.(खुल्यो साउदी)
साउदी अरेबियाले दुईहप्तादेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान आज आइतबारदेखि खोल्यो /कोरोनाको नयाँ स्वरुप देखिएका देशबाट आएका नागरिकहरुले दुई हप्ता क्वारेन्टिनमा बस्नुपर्ने /अन्य देशबाट आएका यात्रुलाई भने पीसीआर र सात दिन होम क्वरेण्टीन अनिवार्य ।

१४.(प्रदेश १ लाई उपाधि)
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १को पोल्टामा /दाङको लमहीमा सम्पन्न फाइलनमा सशस्त्र प्रहरीको एपीएफ क्लब प्रदेश १ संग ६ रनले पराजित ।

र,

१५.(भारतीयलाई खोप)
भारत सरकारद्वारा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ र भारतको ‘कोभ्याक्सिन’ कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति/भारतमा पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिइने ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.