दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(नयाँ पार्टीको बाटो ?)
९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्टै नेकपाको प्रचण्ड नेपाल पक्षद्वारा ६८ वटा जिल्ला कमिटीमा अध्यक्ष र सचिव चयन /नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी ।

२.(अदालतलाई सन्देश हो ?)
संसद विघटनको कदम सर्वोच्च अदालतबाट सच्चिनुपर्ने प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तको भनाई /सर्वोच्चले जुलुस हेरेर नभई नेपालको संविधान हेरेर फैसला गरी संसद पुनस्थापना गर्नेमा विश्वास रहेको उल्लेख ।

Advertisement

३.(कुरा यत्ति हो त ?)
प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच भेटवार्ता /सर्वोच्चको निर्माण हुन लागेको नयाँ भवन सेनाको जग्गामा पर्ने भएकाले भवन निर्माणका लागि सेनाका टहरा हटाउन प्रधानसेनापतिलाई निर्देशन ।

४.(जुत्ताको फन्डा)
नेकपा प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूका विद्यार्थीद्वारा प्रतिगमनलाई सांकेतिक रुपमा जुत्ता प्रहार/संविधान र कानूनको पालना र जनमतको सम्मान गर्न प्रतिगमनका मतियारले आफ्नो पदबाट राजीनामा दिनुपर्ने तर्क ।

Advertisement

५.(चुनावको चर्चा)
चुनावसँग सम्बन्धित सबै पक्ष तयारीमा जुटेको र अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको दाबी /सरकारले आयोग र सर्वोच्चलाई कुनै किसिमको दबाब नदिने पनि प्रष्टोक्ति ।

६. (वार्ता कसरी गर्ने ?)
सरकारले इमान्दारीपूर्वक प्रयास गरे आफूहरु वार्ताका लागि तयार रहेको नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाको भनाई /सर्वाेच्चको आदेशपछि रिहा भएका वास्तोला सर्वोच्चको गेटबाटै पुनः पक्राउ ।

७.(कम हुँदै संक्रमण)
नेपालमा आज थपिए १ सय २५ कोरोना संक्रमित /आजै ९० जना डिस्चार्ज हुँदा मृतक संख्या शुन्य /देशभर आज १ हजार ५ सय २९ जना सक्रिय संक्रमित ।

८.(बीमाको झन्झट)
कोरोना बीमा दाबी गरेकाहरूले सहज सेवा नपाएकोप्रति सरकारको ध्यानाकर्षण /विवरण नपठाएको कारण रुजु गर्दा नमिलेर बीमितले रकम नपाएमा सम्बन्धित प्रयोगशालाको सम्बन्धन खारेज गर्ने मन्त्रालयको चेतावनी ।

९.(कसले दिन्छ न्याय ?)
चितवनका गोबिन्द पौडेल र जेलभित्रै गोविन्दका दाई शिवप्रसाद पौडेलका हत्यारालाई राष्ट्रपतिबाट आम माफी दिइएपछि न्यायकालागि फेरि लड्ने शिवप्रसादकी श्रीमतीको भनाई/पौडेल दाजुभाइको हत्यामा संलग्न अभियुक्तहरुलाई माफी दिइएपछि पिडित झनै पिडित।

१०.(आउँछ त मेलम्ची ?)
मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः परीक्षण गर्न आजदेखि पानी हाल्न थालियो /सुरुङ भर्न १५ देखि २० दिन लाग्ने /सबै अवस्था सामान्य रहे मेलम्चीको पानी वैशाखमा काठमाडौमा ल्याउने योजना ।

 

११.(कानून कडा हो ?)
सबैभन्दा बढी चिनियाँ नागरिकसहित पछिल्लो तीन महिनामा नेपालबाट ४० विदेशी नागरिक निष्कासित/ओभरस्टेका कारण मात्र २७ जना र बाँकी अन्य विभिन्न कसुरमा निष्काशनमा परेको अध्यागमनको तथ्यांकमा उल्लेख ।

१२.(पर्यटनको पीडा)
सबै किसिमका पर्यटन गतिविधिलाई निर्बाध रुपमा सूचारु गर्न दिन पर्यटन व्यवसायीहरुको सरकारसँग माग /दिनहुँ विरोध प्रदर्शन हुँदा कोभिडको जोखिम नहुने तर विदेशी पर्यटकबाट किन हुने भन्दै प्रश्न /पर्यटकलाई क्वारेन्टाइन र बीमा गरेर आउनुपर्ने मापदण्डलाई खारेज गर्न माग ।

१३.(नाका सहज)
चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालन /नेपाली व्यवसायीले चाहेजति सामान तातोपानी नाका भएर भित्र्याउन सक्ने /रसुवागढी नाका भने अझै अनिश्चित ।

१४.(खेलमा उत्साह)
बैशाख ११ गतेबाट बैशाख २५ गतेसम्म नेपालमा पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग हुने ७ टिमले सहभागिता जनाउने /चैत १७ गते देखि २८ गतेसम्म पोखरा आहा रारा गोल्डकप फुटबल आयोजना हुँदै ।

र,

१५.(विश्वको खबर)
कोरोना महामारी तीव्र रुपमा फैलिन थालेपछि भारतमा निगरानीमा कडाइ /महाराष्ट्रमा सार्वजनिक भेला हुन रोक /सैन्य कू विरुद्ध प्रदर्शन गरिरहेका म्यानमारका प्रदर्शनकारीहरूद्वारा देशव्यापी आमहड्ताल /अब साउदीका महिलाहरू पनि सेनामा भर्ती हुन पाउने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

सम्बन्धित समाचार

Scroll to Top