दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(सुरक्षित राख्ने अभियान)
कोरोनाभाईरसको संक्रमणबाट मुलुक र नागरिकलाई सुरक्षित राख्ने गरी आवश्यक सर्तकता र पूर्व तयारीको अभियानमा लागेको सरकारको प्रस्टोक्ति/मित्रराष्ट्रले समेत विभिन्न उपकरणमा सहयोग गर्न थालेको र ती उपकरणहरु प्राप्त गर्न थालिसकेको उल्लेख ।

२.(सचेतनाका लागि)
शुक्रबारदेखिका सबै परीक्षा र पठनपाठन अर्को सूचनाजारी नभएसम्मकालागि त्रिभुवनविश्वविद्यालयद्वारा स्थगित/ अर्को सूचना जारी नहुँदासम्मका लागि लोकसेवाआयोगको लिखित परीक्षा पनि स्थगित ।

Advertisement

३.(माफी दिने कि नदिने ?)
कोरोना महामारीको अवस्था प्रति सचेत हुँदै अन्तिम समयमा आएर एसइई स्थगन गर्नु परेपछि राष्ट्रिय परीक्षा बोर्डले माग्यो विद्यार्थी र अभिभावकसँग माफी /परीक्षाका प्रश्नपत्रलगायतका गोप्य सामग्री र उत्तरपुस्तिकाको सुरक्षा गर्न केन्द्रहरुलाई बोर्डको निर्देशन ।

४.(प्रदेसभा स्थगित)
कोरोना भाइरस (कोभिड(१९) को सम्भावित जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेलाहुन रोक लगाएपछि प्रदेश १ को संसद अनिश्चितकालकालागि स्थगित/प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्थागर्न बनेको विधयेक सर्वसम्मतिले पारित ।

Advertisement

५.(विलम्ब शुल्क मिनाह)
सरकारले सरकारी कार्यालयमा भिडभाड कम गर्न मालपोत, विद्युत, र यातायातमा लाग्ने जरिवानावापतको शुल्कमिनाह गर्ने /विलम्बशुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाहगर्ने भन्दै नजान सर्वसाधारणलाई आग्रह ।

६.(सरकारी मै अवज्ञा)
संसदीय समितिहरुद्वारा नै २५ जनाभन्दा बढी भेलाहुननपाईने सरकारी निर्णयको अवज्ञा /राज्यव्यवस्था तथा शुसासन समितिबाहेक केही समितिहरुले बैठक सञ्चालन ।

७.(सांसदको परीक्षण)
विश्वव्यापी बनेको कोरोना संक्रमणको आशंकाका बीच राष्ट्रियसभाका सदस्यहरुको बैठकअघि ज्वरो परीक्षण /सर्वोच्च निकायबाट महत्वपूर्ण कानूनबनाउनुपर्ने बाध्यताले बैठक सञ्चालनभएको सांसद महेश महराको भनाई ।

८.(दुःखको सहयोग)
कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारलाई अमेरिकाद्वारा करिब २१ करोड रूपैंया सहयोग / सहयोग रकम कोरोना रोकथामबारे जनचेतना तथा भाइरसविरुद्ध लड्न प्रयोग गरिने ।

९.(विपत्तको धन्दा)
नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको २० हजार थान मास्कसहित २ जना पक्राउ /काठमाडौंबाट मास्कखरिद गरी भारतमा लगेर बढी मूल्यमाविक्रीवितरण भइरहेको भन्ने सूचनाको आधारमा रात्रीबसबाट मास्क बरामद गरेको प्रहरीको भनाई ।

१०.(जोखिक कम गरौं)
भारतीय सीमा क्षेत्रबाट कोरोनाभाइरसको उच्चजोखिम रहेको गृह मन्त्रालयको निष्कर्ष /चेकजाँचमा कडाई गरी नेपालभित्रप्रवेश गर्न नदिने योजनाका साथ काम भईरहेको जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रमुख अनिल पोखरेलको भनाई ।

११.(कैदी घटाउ)
कारागारमा रहेका कैदीबन्दीको संख्या घटाउन कानून, न्याय तथा मानवअधिकार समितिको सरकारलाई निर्देशन/केही बिरामीलाई सरकारले परीक्षण नै नगरी फर्काएको समाचार आएको उल्लेख गर्दै सबैलाई परीक्षण गर्ने व्यवस्थामिलाउनुपर्नेमाजोड ।

१२.(फोन गोप्य रहेन)
विशेष अवस्थामा अदालतको अनुमतिबिना पनि फोन ट्यापिङ गर्न मिल्ने प्रावधान सहितको विशेष सेवा विधेयक टुंगो लाग्यो/ट्यापिङको आधार र कारण अभिलेखिकरण अनिवार्य गर्नुपर्ने र त्यसलाई अदालतमा प्रमाणका रुपमा प्रयोग गर्न नपाउने ।

१३.(मननयोग्य अपिल)
सबै धर्मावलम्बीहरुलाई धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न पर्यटनमन्त्री योगेश भट्टराईको अपिल /पशुपतिनाथमादर्शन गर्न समेत २५\२५ जनाको दरले जाने र कम्तिमा एक मिटरको दुरीमा रहने व्यवस्थागर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन ।

१४.(दिलदार फिफा)
अन्तर्रा्िष्ट्रय फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संघ संगठन (डब्लुएचओ) लाई १ अर्ब १९ करोड रुपैयाँ अनुदान दिने /कोरोनाका कारण विश्वभर फुटबल गतिविधि ठप्प ।

र,
१५.(संख्या बढ्दै)
विश्वव्यापीमहामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसबाट ज्यानगुमाउनेको संख्याहालसम्म८ हजार ६ सय ५७पुग्यो /विश्वका १ सय ६६ देशमासंक्रमण देखिएको विश्व स्वास्थ्य संगठनको पुष्टि/२ लाख७हजार ८ सय ६० जनासंक्रमित।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top