दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(लकडाउन बढ्यो)
अझै ८ दिन लकडाउन लम्ब्याउने सरकारको निर्णय / हरेक प्रदेशमा १ हजार थान पिपिई लगायतका उपकरण पठाउने कोरोना रोकथाम तथा नियन्त्रणकालागि गठित उच्चस्तरीय समन्वय समितिको निर्णय ।

२.(मन्त्रालयको प्रस्टोक्ति)
कोभिड १९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा औजार खरिदमा अनियमितता नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्टोक्ति /आवश्यक औषध र औषधीजन्य सामान अभाव भएको भन्दै अभावकाबीच किन्दा मुल्य केही बढी मात्र भएको स्वास्थ्य सेवा विभागको भनाई ।

Advertisement

३.(क्वारेन्टाइनमा नबसे कारबाही)
सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई अब कारबाही गरिने / चैत १ बाट नेपाल आएकाहरुले होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने / भारतबाट नेपाल छिरेकामध्ये २५ सय ९९ अझै सम्पर्कबाहिर ।

४.(शर्तसहितको प्रवेश)
सीमा नाका बन्दका कारण दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश गर्न दिइने सरकारको निर्णय /प्रवेश पछि स्थानीय तहले बनाएको क्वारेन्टाइनमा भने अनिवार्य बस्नुपर्ने /विदेशमा रहेका विद्यार्थी स्थिति सामान्य भएपछि मात्रै नेपाल फर्कन सक्ने ।

५.(अलपत्रको उद्धार)
धनगढी उप–महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कैलालीको सहकार्यका त्रिनगर भन्सार नाकामा अलपत्र परेका ६४ जना नेपालीहरुको उद्धार /उद्धार गरिएकामध्ये धनगढीका १२ जनालाई क्वारेन्टाइनमा राखियो /अन्यलाई सम्वन्धित ठाउँमा नै क्वारेन्टाइनमा राख्ने तयारी ।

६.(क्वारेन्टाइनमा मृत्यु)
रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा दुबईबाट आएका बुटवल सैनामैना बस्ने ३३ वर्षीय युवकको मृत्यु /कोरोनाको नमुना परीक्षणका लागि काठमाडौं पठाइएकाले रिपोर्ट भने आउन बाँकी ।

७.(उड्ने दिन बैशाख ३ )
नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध लम्बियो /अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म सवै अन्तर्राष्ट्रिय उडानमा थप प्रतिबन्ध लगाउने कोरोना रोकथाम समितिको निर्णय ।

८.(धरानमै परीक्षण)
धरानस्थित वीपी प्रतिष्ठानमा कोरोना संक्रमणको परीक्षण सुरु /प्रतिष्ठानको प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परीक्षण गरिने/मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेद्वारा निरीक्षण ।

९.(आयो पिपिई)
कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री लगायतका सामानहरु चीनद्वारा नेपाल सरकारलाई हस्तान्तरण /चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री आजैबाट वितरण हुँदै ।

१०.(परीक्षणका लागि पीसीआर)
चीनबाट ल्याइएको कोरोना संक्रमण परीक्षण गर्ने मेसिन पीसीआर प्रदेश २, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पाउने /पाँचवटा पीसीआर मेसिनमध्ये एक थान भने काठमाडौंमा नै राखिने ।

११.(सहयोगको अपिल)
कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पत्र /खासगरी औषधि र अन्य मेडिकल सामग्री सहयोग गर्न आग्रह ।

१२.(जोखिम बुझौं)
लकडाउनका कारण प्रदेश १ को राजधानी विराटनगरसहित आसपासका जिल्लाहरु समेत सुनसान / दिनभर लकडाउनको पूर्णरुपमा पालना भएपनि बेलुका भने दैनिक उपभोग्य बस्तुको जोहो गर्नेको आवातजावत ।

१३.(जागे उपभोक्ताकर्मी)
लकडाउनको समयमा खाद्यान्न र अत्यावश्यक वस्तुको सहज व्यवस्था नभएको उपभोक्ता हित संरक्षण मञ्च विराटनगरको गुनासो /अत्यावश्यक वस्तु उपलब्ध नहुँदा उपभोक्ता घर बाहिर निस्किएको भन्दै अभाव हुन नदिन माग ।

१४.(विपन्नलाई खाना)
प्रदेशमा समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि प्रदेश २ सरकारले खानाको व्यवस्था गर्ने/तत्कालको लागि महानगरलाई २५, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ र गाँउपालिकालाई १० लाखको रकम दिइने ।

र,
१५.(कहाली लाग्दो कोरोना)
विश्वभर फैलिरहेको महामारी कोभिड १९को संक्रमणका कारण आइतबार साझसम्म ३१ हजार ७ सय बढीको मृत्यु / ६ लाख ७८ हजार बढी संक्रमित/ एक लाख ४६ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top