दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(कसले गर्छ प्रमाणित ?)
सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप सही नभए कार्यकारी अध्यक्ष प्रचण्ड पदबाट हट्नुपर्ने प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको तर्क /यदि आरोप सही भए आफू पदबाट हट्ने स्पष्टोक्ति ।

२.(राजीनामा किन नदिने ?)
नेकपाको सचिवालय समस्या समाधान भन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको महासचिव विष्णु पौडेलको भनाई /आफ्नो अभिभारा सहि ढंगले पूरा गर्न नसक्ने भए सामूहिक रुपमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने उल्लेख ।

Advertisement

३.(आजको कोरोना)
नेपालमा हालसम्म १ हजार २ सय ७६ जना कोरोना संक्रमितको मृत्यु /आज २ हजार १ सय ३ संक्रमित थपिदा २ हजार ८ सय ५८ जना डिस्चार्ज /सक्रिय संक्रमित २८ हजार १ सय ६ पुगे ।

४.(लाग्यो लकडाउन)
गुल्मीको रेसुङ्गा नगरपालिकामा ९ दिन लकडाउन गर्ने नगरपालिकाको निर्णय /संक्रमण तीव्र गतिमा फैलिएको भन्दै आगामी १३ गते सम्मका लागि लकडाउन लागू /अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द ।

५.(उपचारको पैसा नलिनु)
कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको भनाई / निःशुल्क उपचार गर्ने अस्पतालहरुलाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने ।

६.(त्याग गर्र्न तयार)
पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको पर्यटनमन्त्री योगेश भट्टराईको भनाई / इतिहासकै कठिन क्षणमा पार्टी रहेकाले कार्यकर्ताहरुलाई पार्टीको अन्र्तविरोधमा पेट्रोल नछर्कन आग्रह ।

७.(किन थपियो होला ?)
नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थपियो /दरबन्दी थप भएसँगै रिक्त पदमा बढुवाको तयारी ।

८.(भोकै बस्नु नपरोस्)
खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले अब निःशुल्क खाद्यान्न पनि वितरण गर्ने /थापाथलीमा आउन नसक्ने र घरमा पकाएर खाने अवस्था भएकाहरुको हकमा निःशुल्क खाद्यान्न वितरण सुरु ।

९.(खुल्लम खुला ब्रम्हलुट)
सप्तरीको बोदे बर्साइन नगरपालिकाले महामारीको समयमा २ करोड बढी खर्चविवरण सार्वजनिक गरेकोमा साबुन, मास्क, स्यानिटाइजर लगाायतमा गडबडी गरेको पाइयो /एउटा साबुनको मूल्य ३ हजार ८३१ रुपैयाँ ४२ पैसामा खरिद गरेको बिल सार्वजनिक ।

१०.(ऋण लिनु तलव दिनु)
कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायमा पूँजी उपलब्ध गराउन सरकारद्दारा व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी /कोषमा जम्मा भएको ५० अर्ब रुपैयाँ मध्ये कोभिडबाट अति प्रभावित क्षेत्र तथा उद्योग व्यवसायमा २५ अर्ब रुपैयाँ प्रदान गरिने ।

११.(दूरगामी सम्झौता)
नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलबीच प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धी कार्यक्रममा सहकार्य गर्ने सम्झौता /परियोजना मार्फत श्रम बजार सूचना प्रणालीको विकास गरिने ।

१२.(दिवसको औचित्य के ?)
आज विश्व शौचालय दिवस /नेपाल खुला दिशामुक्त क्षेत्र घोषणा भएपनि अझै कतिपय शौचालय अव्यवस्थित र प्रयोगविहिन /विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर ।

१३.(कारोबारमा कीर्तिमान)
नेपाली सेयर बजारमा साताको कारोवारको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड /सेयर कारोबार मापक नेप्से परिसूचक पनि ३० अंक बढ्यो ।

१४.(हुत्तीहाराको आरोप लाग्ला !)
नेपाल प्रिमियर लिग टी–२० लिगको आयोजना अनुमति भारतीय कम्पनीलाई दिने क्यानको प्रस्ताव /प्रस्तावलाई गद्दारीको संज्ञा दिँदै राष्ट्रिय खेलकुद परिषदको ब्रोडकास्टिङ्ग राईटसको कथा नदोहोर्याउन क्यानकी पूर्व सिइओ भावना घिमिरेको चेतावनी ।

र,

१५.(कोरोनाका कुरा)
विश्वमा हालसम्म कोरोना संक्रमणबाट १३ लाख ५७ हजार बढीको मृत्यु /५ करोड ६६ लाख बढीमा संक्रमण पुष्टि हुँदा ३ करोड ९४ लाख बढी संक्रमण मुक्त ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top