दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(बढ्यो भयावह)
मंगलबार नेपालमा थप २ सय ८८ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या २ हजार नाघ्यो /कुल संक्रमित २ हजार ९९ पुगे /२ सय ६६ जना उपचारपछि निको भए ।

२.(कोरोनासँग जोडिएकाहरु)
पीसीआरबाट ७५ हजार ३ सय ४३ र आरडिटीबाट १ लाख १६ हजार ३ सय ४५ वटा नमुना परीक्षण /देशभर १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाइनमा /१ हजार ८ सय २५ संक्रमित आइसोलेसनमा ।

Advertisement

३.(लकडाउनको दिन गन्ती)
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी भएको ७१ दिन पूरा /केही स्थानमा सवारी साधनको चाप बढ्दो /चेकजाँचमा पनि केही खुकुलो /अत्यावस्यक पसलहरु बिहान र साँझ खुल्दै ।

४.(कस्तो होला लकडाउन ?)
लकडाउनको मोडल परिर्वतन गर्न सरकारको गृहकार्य / अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्या भन्दा भोकमरीको समस्या विकराल हुने भन्दै उद्योग संञ्चालनको तयारी

५.(खुल्दैन विद्यालय)
तत्काल कुनैपनि विद्यालय, कलेज नखुल्ने भएकाले भ्रमकोपछि नलाग्न शिक्षामन्त्री गिरीराजमणि पोखरेलको आग्रह /कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेकाले यो समयमा सिकाईलाई निरन्तरता दिन आह्वान ।

६.(नदेखिएको दुःख)
सशस्त्र द्वन्दकालमा राखिएका बमहरु डिस्पोजल गर्न राष्ट्रियसभा सदस्य अनिता देवकोटाको सरकारसँग आग्रह /लकडाउनको अवधिमा ५८ जना सुत्केरी र गर्भवती महिलाहरुको मृत्यु भएको भन्दै गर्भवती महिलाहरुलाई सहज उपचार सेवा प्रदान गर्न माग ।

७.(माननीयको सुझाव)
विभिन्न प्रदेशहरुमा कोरोना परीक्षण किटको अभाव भएको प्रति राष्ट्रियसभा सदस्यहरुद्वारा सरकारको ध्यानाकर्षण /लकडाउनको मोडालिटी परीवर्तन गरी आर्थिक गतिविधि अगाडी बढाउने गरी काम गर्न आग्रह ।

८.(मोदीले बुझुन्)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर अतिक्रमणकारी प्रवृतिलाई सच्याउँन नेकपाका सांसद नारायणकाजी श्रेष्ठको आग्रह /इपीजीको प्रतिवेदन भारतले बुझ्न नमानेको प्रति पनि दुःख व्यक्त/ चीनले पनि चित्त दुखाएको टिप्पणी ।

९.(संशोधनको होड)
नेपाली कांग्रेसद्वारा पनि संविधान संशोधन विधेयक दर्ता /केन्द्रीय समितिको निर्देशनअनुसार विधेयक दर्ता गरेको कांग्रेस सांसद अमरेशकुमार सिंहको भनाई ।

१०.(बन्ला त दलित प्रहरी सेल ?)
दलित समुदाय माथि हुने विभेदका घटनामा छुट्टै दलित प्रहरीको सेल निर्माण गरी छानविन गर्न संसदीय समितिको निर्देशन /अमेरिकामा समेत जातिय विभेदका घटनाहरु भइरहेको र नेपालमा पनि व्यवहारिक रुपमा विभेद रहेको गृहमन्त्रीद्वारा स्वीकार ।

११.(रुकुमको वास्तविकता बुझौं)
रुकुम घटनाको विषयमा मिडियामा आएको कुराहरु भन्दा फरक तथ्यहरु फेला परेको महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको भनाई /कुनैपनि प्रभाव अनुसन्धान र अभियोजनामा पर्न नदिने प्रतिवद्वता ।

१२.(सत्याग्रहमा केसी)
चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीद्वारा दार्चुलामा मंगलबारदेखि दुईदिने सत्याग्रह सुरु / सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि भन्दै केसी १८औं सत्याग्रहमा ।

१३.(विपत्तमा पनि जुवा)
जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका होटल सञ्चालकसहित विभिन्न व्यापारिक घरनासँग सम्बन्धित ९ जनालाई हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुमति/कोरोना महामारीको कारण देखाउदै जमानीमा छाड्ने प्रहरीको तयारी ।

१४.(कसले गरिदिन्छ परीक्षण ?)
लोकसेवा आयोगको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) को परीक्षामा सहभागी हुने उम्मेद्वारले अनिवार्य कोरोना पिसिआर परीक्षणको रिपोर्ट बुझाउनु पर्ने / आयोगले असार २ गते सहसचिवका लागि अन्तर्वार्ता लिँदै ।

र,

१५.(विश्वको आँकडा)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ३ लाख ७७ हजार बढीको मृत्यु/ ६३ लाख ९४ हजार बढी संक्रमित /२९ लाख २६ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top