दुरुपयोग भएका सिलिन्डर सङ्कलन हुँदै

२४ बैशाख ७८, शनिबार

२५ बैशाख, काठमाडौं । अक्सिजन सिलिन्डरको अभावका कारण बिरामीको उपचार प्रभावित भएपछि प्रयोगविहीन भएका सिलिन्डर अस्पतालमा पुर्याउन थालिएको छ ।

काठमाण्डौ उपत्यकासहित देशभर नै दुरुपयोग भएका अक्सिजनको सिलिन्डर सङ्कलन गर्ने काम धमाधम भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार पछिल्लो पाँच दिनमा पाँच हजारभन्दा धेरै अक्सिजन सिलिन्डर सङ्कलन गरी विभिन्न अस्पतालमा पठाएको उनले बताए । दुरुपयोग भएका अक्सिजन सिलिन्डरको खोजीका लागि प्रहरीले अभियान नै चलाएको छ ।

Advertisement

अक्सिजनको सिलिन्डर अभावमा उपचार नै प्रभावित हुन थालेपछि दुरुपयोग भएका सिलिन्डरको सङ्कलनका प्रहरीले सहजीकरण गर्दै आएको छ ।

स्वास्थ्यको प्रयोजनबाहेकका क्षेत्रमा प्रयोग भएका अक्सिजनको सिलिन्डर सङ्कलनमा थप कडाइ गरिने पनि प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । उनले स्टक एवं डम्प भइ बसेका सिलिन्डरको खोजीलाई बढाएको र कहीँकतै दुरुपयोग भइरहेको पाइए प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन पनि आग्रहगरेका छन् ।

Advertisement

औद्योगिक क्षेत्रसँगै कवाडी लगायतमा क्षेत्रमा सिलिन्डर दुरुपयोग भइरहेको पाइएको छ । अहिले कोरोनाको महामारीले अक्सिजन सिलिन्डरको माग बढिरहेको छ ।

यस्तो अवस्थामा सिलिन्डरको दुरुपयोग नगर्न पनि प्रहरीले आग्रह गरेको छ । केही समयअघि मात्रै सिलिन्डरको दुरुपयोग रोक्न प्रहरीलाई अक्सिजन उद्योगको निगरानीको जिम्मा दिइएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top