विराटनगर,जेठ ३०
मोरङ प्रहरीले मंगलबार दुर्लभ गरुड चरा समाउँदै हिड्ने एक जनालाई पक्राउ गरी जिल्ला वन कार्यालयमा बुझाएको छ।
सुनसरी हरिनगरा वडा नम्बर ७ बस्ने सकिर खानलाई विराटनगर–१९ सरदार टोलबाट गरुड समाउदै गरेको अवस्थामा गरुड चरासहित नियन्त्रणमा लिई जिल्ला वन कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।